शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – डोटीको बड्डीकेदार गाउँपालिका-२ मा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।

बर्छेनबाट धनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस आज दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा बड्डीकेदार गाउँपालिका- ४ भुजालीका ४५ बर्षिय जगदिश चन्द, बड्डीकेदार गाउँपालिका- ४ रोलकी ३५ बर्षिय मिना पुन मगर, बड्डीकेदार गाउँपालिका- ४ पुन्ताराकी साढे ३ बर्षिय बालीका पुष्पा जेठाराको मृत्यु भएको प्रहरी उपरीक्षक मधुसुधन लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा सवार अन्य २१ जना घाईते भएका छन्, घाईतेमध्ये ४ जनाको अबस्था गम्भिर रहेको छ ।

२ युवाको मृत्यु
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती -१६ डण्डामा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

ना ६ ख १६ ५३ नम्बरको ट्रकमा ना ४३ प ८४ ०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दुबिन्दु नगरपालिका –६ का २० वर्षीय प्रकाश महत्तो र अनिल महतोको उपचारको क्रममा पुरानो मेडीकल कलेज भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

तपाईको प्रतिक्रिया