शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – निवार्चन आयोगले मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८ सय ९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

आयोगले दिएको जानकारीअनुसार आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्रको संख्यामा केन्द्र निर्धारण गरिएको हो । प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव आयोगले मतदाता नामावलीलाई २०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

पहिलो चरण अर्थात मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो ।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । त्यसैगरी नयाँ थपिएका मतदाता परिचयपत्र छपाइ गरी वितरण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया