शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपाल र जोर्डनवीच आज श्रम सम्झौता भएको छ ।

श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीले जोर्डनमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । गार्मेन्टको क्षेत्रमा जोर्डनमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो ।

श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुका साथै कामदारका लागि नयाँ गन्तव्य खुलेको जनाएको छ ।

कुन-कुन विषय समेटिए ?
श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषय रहेका छन् । जोर्डनमा झन्डै पाँच हजार नेपाली कार्यरत छन् । जोर्डन मामिला इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया