शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

पाल्पा – अर्गलीमा दलित समुदायले उत्पादन गरेको दूध डेरी सञ्चालकले लिन नमान्दा किसानलाई समस्या भएको छ ।

उत्पादित दूध डेरी सञ्चालकले लिन नमानेपछि किसान खेर फाल्न बाध्य छन् । दलित समुदायले पटक पटक सञ्चालकलाई दूध लिन आग्रह गरेपनि अझैसम्म लिन नमानेको स्थानीयवासी गीता बम्रेलले बताउनुभयो ।

अर्गलीका किसानले उत्पादन गरेका करिब ३० लिटर दूध खेर गएको छ । स्थानीयवासी लक्ष्मी विश्वकर्माले दूध बेच्न डेरीको अभाव रहेको बताउनुभयो । अधिकारकर्मीले एक हप्ताभित्र दूध लिन आग्रह गरेपनि डेरी सञ्चालक लिन मानेका छैनन् ।

तानसेन नगरपालिका -१४, अर्गलीको प्रहरी चौकीमा, दलित अधिकारकर्मी, वडाध्यक्ष र डेरी सञ्चालकबीच छलफल भए पनि टुंगोमा पुग्न नसक्दा समस्या भएको छ ।

तपाईको प्रतिक्रिया