शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा नेताहरुले रिले अनसन सुरु गरेका छन् ।

राजपा महासचिव केशव झासहित केन्द्रीय नेताहरुले विभेदकारी समानुपातिक सूची सच्याउन माग गर्दै आजबाट धर्ना सुरु गरेका हुन् । समानुपातिक सूचीमा पार्टीको बरियता अनुसार नाम राख्नुपर्ने र यसअघि पटक पटक लाभको पद लिएकाहरुलाई समानुपातिकमा राख्न नहुने माग नेताहरुले रोखका छन् ।

नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई समानुपातिकमा राखिएको भन्दै तत्काल उनीहरुको नाम हटाउन उनीहरुले माग गरेका छन् । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महिलालाई पाखा लगाएर नेताका श्रीमती, प्रेमिका र नातेदारहरुलाई समानुपातिक सूचीमा राखिएको आरोप असन्तुष्ट महिला नेताहरुले लगाएका छन् ।

धर्नामा महासचिव केशव झाका साथै केन्द्रीय सदस्यहरु वीपी यादव,दिपक कुमार झा, दिपेन्द्र अग्रवाल,नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशन सिंह राणा, महासचिव गायत्री कुमारी, उपाध्यक्ष मुकेश कर्ण, पेशल ढकाल लगायत छन् ।

तपाईको प्रतिक्रिया