शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – नेपालीहरुको महान पर्व दीपावलीको अवसरमा चितवन समाज जापानको टोकियोमा देउसी भैलो कार्यक्रम हुने भएको छ ।

नेपाली कला र सँस्कृतिको जगेर्ना गर्दै पारस्परिक भाइचाराको बिकास गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको सो समाजका कार्यवाहक अध्यक्ष इश्वरी कँडेलले जानकारी दिनुभयो ।
यहि आउँदो २० तारिख शुक्रबार गोबर्द्धन पूजाका दिन समाजले देउसी भैलो कार्यक्रमको आयोजना गरी दीपावली मनाउन लागेको हो ।

टोकियो शिनओकुबो स्थित बारकाँडे रेष्टुरेन्टमा अपरान्ह ४ बजेदेखि साँझ ८ बजेसम्म देउसी भैलो कार्यक्रम रहेको बताईएको छ ।***

तपाईको प्रतिक्रिया