बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
टोकियो- बाँके तथा बर्दियाका बाढिपिडित पहिलो चरणको राहात बितरण गरिसकेको बाँके बर्दिया मैत्री समाज जापानले दोस्रो चरणको राहातका लागि आउदो अक्टोबर २२ तारिक बागेश्वरी गोल्ड संचालन गर्ने भएको छ । 
टोकियोको निशी हाचिओजीमा हुने फुटबल खेलका लागि बागेश्वरी गोल्ड कपमा ३० टिम दर्ता भएको छ भने ३० टिमलाई ७ समुह बनाएर खेलाइने छ र समुह बिभाजन पनि गरी सकेको जानकारी बागेश्वरी गोल्ड कप आयोजनाका संयोजक सुशिल मल्लले  दिनुभयो । फुटबल खेलबाट बचत रकम बाँके र बर्दियामा बाढिपिडितका लागि दोस्रो चरणको राहात बितरण गरिने छ ‘-  मल्लले बताए ।

बागेश्वरी गोल्ड कप लाई काभ्रेली समाज ,किरात योयोख्खा समाज, किरात युथ, आर आर जि क्लब ,हाइजिमा युथको सहयोगमा संचालन हुँदै छ । मल्लले आयोजनाको जानकारी गराउदै सहयोगी सस्था र युवाहरुलाइ धन्यवाद दिनुभएको छ ।

त्यस्तै दोस्रो चरणको राहातको लागि काभ्रेली समाज जापानका उपाध्यक्ष सम्बोधन लामाले ३५००० येन र आर. आर. जि क्लब का मिलन श्रेष्ठ र विश्वाश रुम्बाले पनि ४०००० येन बाँके बर्दिया समाजका अध्यक्ष जनक बिक्रम शाही र कार्यक्रम संयोजक तथा समाजका सचिब सुशिल मल्ल लाई हस्तान्त्रण गरिएको छ ।

स्मरण रहोस् समाजले पहिलो चरणमा बाँके तथा बर्दियाका बाढिपिडित लाई सहयोग गरिसकेको छ ।

तपाईको प्रतिक्रिया