शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

राजविराज – वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो ।

उहाँको गएराति सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो ।

उहाँको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया