बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउन राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दै छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा दिउँसो ३ बजे बस्ने बैठकमा चुनाव लक्षित सुरक्षाका विषयमा छलफल हुने रक्षा मन्त्रालय स्रोतले जनाएको छ । मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचनमा सेना, शसस्त्र र नेपाल प्रहरीका साथै राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई परिचालन गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको अध्यक्षता रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ । रक्षा सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव रहने उल्लेख छ ।

तपाईको प्रतिक्रिया