शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

राजेशचन्द्र राजभण्डारी बागलुङ

नेपाली राजनीतिमा अस्थिर मान्छे लाई अायाराम गयाराम भन्ने पुरानो चलन अझै पनि कायमै छ अहिले नेपालका चर्चित राजनीति खेलाडी नेपालका पूर्व  प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईकाे अहिले केही वर्षकाे क्रियाकलाप हेर्दा खेरि यहीँ नेपाली उखानकाे चरितार्थ हुन अाउछ ।
अायाराम गयाराम र बाबुराम भन्ने एउटा थेगाे नै चलेको छ । नेपालकाे राजनीतिमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल रास्ट्रिय अन्तर्राष्ट्रिय रूपमा समेत सबैले बिश्वास गर्ने पात्रको रूपमा रहेका बाबुराम भट्टराई अहिले केही वर्ष देखि अस्थिर देखिदै अाएका छन्  ।
नेकपा मसाल हुदै नेकपा माअाेबादीमा समेत राम्रो हैसियत बनाउन सफल बाबुराम संविधान सभाबाट संविधान घाेषणा भए लगत्तै संविधान अपुराे अधुरो हाफ गिलास पानीकाे संज्ञा दिदै भएको सभासद पद बाट समेत राजिनामा गरि नयाँ शक्ति पार्टी नेपाल नामक राजनीति पार्टी ठूलो तामझामका साथ नखाेलेका पनि हैनन् ।
हिजो जनताले अमुल्य मत दिएर डाक्टर बाबुराम लाई अत्यधिक मतले बिजय बनाएका थिए तर उनले जनताको मतकाे कुनै वास्ता नगरीकन अाबेगमा अाएर भावना मा अाएर राजिनामा गरे वा प्रभुहरूकाे निर्देशनमा त्यो कुराले पनि चर्चा पाएकै हाे हिजोका दिनमा बाबुराम भट्टराई माअाेबादी केन्द्र बाट अलग हुदा उनलाई माअाेबादी केन्द्रकै राम्रो नेतृत्वले सहयोग र समर्थन गरेर नयाँ शक्ति पार्टी नेपालमा संगै संगै नहिडेका हैनन् तर समय र घटनाक्रमले जुन गति लिने अाशा गरिएको थियो त्यो भने लिन नसके पछि पार्टी दिनप्रतिदिन बढ्ने भन्दा घट्ने तर्फ लाग्न थाल्यो धेरै नेताहरू पुन पुरानो पार्टी माअाेबादी केन्द्र मै फर्किए हिजो प्रधानमन्त्रीकाे राजनीति सल्लाहकार समेत भैसकेका बाबुरामका बिश्वास पात्र  देबेन्द्र पाैडेल लगायतका नेताहरू बिना सर्त माअाेबादी केन्द्र मै फर्किए पछि बाबुराम झन कमजोर साबित हुदै गए ।
अहिले भएको स्थानीय तहकाे निर्वाचनकाे मत लाई हेर्दा समेत यसले राम्रो नतिजा ल्याउन सकेन अब मंसिरमा हुन गैरहेकाे प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचन लाई समेत ध्यानमा राखेर नेपालकाे ठूलो बामपंथी पार्टी नेकपा एमाले र १० बर्षिय जनयुद्ध गरेर शान्ति प्रक्रियामा अाएकाे पार्टी माअाेबादी केन्द्रले एकाएक पार्टी एकीकरण गरेर देशलाई राजनीति निकास दिदै बहुमतको सरकार दिने भन्दै रास्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्ने तयारी गर्दा गर्दै नयाँ शक्ति का संयाेजक डाक्टर बाबुराम भट्टराई पनि बामपंथी एकता र पार्टी एकतामा सामेल हुने लिखित प्रतिबद्धता जाहेर गरे जसलाई सबै नेपाली जनताले राम्रो मानेका थिए ।
नेपाली बिदेशी सबै संचारमाध्यमका अगाडि उभिएर बाबुराम भट्टराईहरू एमाले कै सुर्य चिन्ह  लिएर निर्वाचन लड्ने कुरा एमालेका अध्यक्ष केपी शर्मा अाेलिले भाषण गर्दासमेत चुपचाप बसेर डाक्टर भट्टराईले समर्थन गरेकै हुन् ।
अहिले अाएर चुनावमा सिट कै कुरा गाेर्खा कै कुरा नमिलेपछि अहिले नयाँ शक्ति फेरि एकाएक नेपाली काङ्ग्रेस पार्टी संग चुनावी तालमेल गर्न पुगेको छ साच्चै भन्ने हाे भने बाबुराम भट्टराईमा मानसिक बिचलन अाएकाे देखिन्छ नेपाली जनताले समाजले बाबुराम लाई जुन रूपमा हेर्ने नजर थियो त्यो नजरबाट भने धेरै तल झरेका छन् ।
अहिले बाबुराम भट्टराईले सुरक्षित राजनीति अबतरण गर्ने अबसर पाएका थिए जसलाई फेरि उनले गुमाएका छन् ।साच्चै यस्तो अबसर घरिघरि मान्छेले  चाहेर पनि अाउद‌‌ैन इतिहासमा माैका अाउछ त्यसलाई चिन्न सक्यौं भने मात्रै मान्छेले नयाँ इतिहास बनाउन सक्छ हैन भने मान्छे जतिसुकै ठूलो हुम भनेर घमण्ड गरेपनि त्यो मान्छे अाफै इतिहास बन्न पुग्छ  ।
अहिले बाबुराम भट्टराई लाई गाेर्खा नै चाहियो चुनाव लड्न त्यसमै मरिहत्ते गरे नयाँ शक्ति लाई १५ प्रतिशत हिस्सा माग्न भ्याए हिजोका दिनमा देशकै पहिलो शक्तिशाली राजनीति पार्टी हुने भनेर उद्घघाेष नगरेका हैन स्वदेशी बिदेशी सबै शक्तिले बाबुराम लाई खुब उचाले पछि बाबुराम काे प्रयाेजन  सकिएपछि उनलाई पनि दुधमा बसेकाे झिंगा सरि झिकेर मिल्काइ दिदा समेत पिएचडि हाेल्डर डाक्टर साहेबकाे अझै पनि हाेस अाएकाे छैन  । जेजस्तो भए पनि बाबुरामले सुरक्षित अबतरणकाे माैका पाएका थिए अहिले फेरि उनले  माैका चुकाएका छन् ।

साच्चै माअाेबादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजोका दिनमा डाक्टर भट्टराई लाई भारत मुखी भनेर जुन अाराेप लगाउने गरेका थिए त्यो अहिले उनले गरेको काम क्रियाकलाप बाट पुष्टि गरेका छन् । जिसका सीता खाया उसका गिता गाया भन्ने भनाइ लाई समेत अहिले नयाँ शक्तिका संयाेजक भएका डाक्टर साहेबले पुष्टि गरेर देखाई दिएर अाफ्नाे असली पहिचान दिएका छन् ।

भेडा भेडा तिर बाख्रा बाख्रा तिर भने झै अहिले हुदै गरेको बामपंथी एकता बाट एउटा बहाना झिकेर बाबुरामले फेरि गाेर्खामा नेपाली काङ्ग्रेस संग साथगाथ गरेर सारा दुनियाँ सामु छर्लङ्ग भएका छन् ।
बाबुराम जस्काे जिन्दगी बामपंथी अान्दोलनमा बिताए कम्युनिस्ट भएर बिताएका ब्यक्तिमा एकाएक बिचलन अाएकाे देखियो ।नयाँ शक्ति पार्टी गठन भन्दा पहिला देखि नै बाबुराम भट्टराईकाे काम क्रियाकलाप लाई उनलाई नजिकै बाट चिन्ने मान्छेले टीका टिप्पणी गर्ने गर्दथ्थाे त्यो अहिले ब्यबहारिक रूपमा पुष्टि भएको छ ।अहिले बामपंथी अान्दोलन र प्रजातान्त्रिक अान्दोलन बिच ध्रुवीकरण चलिरहेको बेला संसदकाे २ ,४ सिटकाे लागि अहिले बाबुराम काङ्ग्रेसको शरणमा पुगेका छन् त्यहाँ बाट पनि उनलाई सकारात्मक संकेत मिल्ने देखिदैन ।
देशको सफल  अर्थ मन्त्री हुदै प्रधानमन्त्री भैसकेको ब्यक्ति अहिले अाएर के भएका हुन भनेर सामान्य मान्छेले समेत बाबुराम काे खिसिटिउरी गर्न थालेका  छन् ।अझै पनि बेला छ गम्भीर भएर साेच्ने हैन भने पुरानो प्रचलित उखान झै अायाराम गयाराम र बाबुराम भन्ने थप उखान भन्न नेपाली जनता बाध्य हुनेछन्  ।नयाँ शक्ति पार्टी पनि कुनै जमानामा थियो रे भन्न नेपाली जनता बाध्य हुने छन् सबैभन्दा ठूलो भनेकाे समय हाे समय भन्दा ठूलो काेही छैन मान्छेले समयलाई चिन्न सकेन भने उ धेरै पछाडि पर्छ समयले मान्छे लाई कुर्दैन त्यो कुरा बुझ्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया