शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानका वित्तिय संस्थाहरुमा साइबर आक्रमण बढ्दै जान थालेको बैंक अफ जापानको सर्वेक्षणले देखाइको छ ।
सर्वेक्षण अनुसार वित्तिय संस्थाहरु मध्ये ५१ प्रतिशतमा ह्याकरले आक्रमण हुने गरेको थियो । ती मध्ये १०.९ प्रतिशतमा उनीहरुको नियमित संचालनमै समस्या आएको थियो ।
धेरै बैंकहरुले आफ्नो वेबसाइटहरुमा साइबर आक्रमणको परिणामको रुपमा धेरै समय खर्चिनुपर्ने बाध्यता रहेको बताएका छन् ।
सर्वेक्षणका लागि मेगा बैंक, स्थानीय बैंक, ट्रष्ट बैंक र क्रेडिट एसोसिएसनहरुलाई समावेश गरिएको थियो । उक्त प्रतिवेदनका अनुसार ८५.५ प्रतिशत बैंकहरुमा साइबर आक्रमणको खतरा बढेको उल्लेख गरिएको छ ।
बैंक अफ वापानका अनुसार ठूला बैंकहरुमा आक्रमण अधिक प्रत्यासित थियो । तर क्षेत्रीय बैंकहरुमा पनि यसको असर बढ्दै गइरहेको छ, जसमा साना तथा समुदाय केन्द्रीत बैंकहरु पनि छन् ।
साइबर आक्रमणको बढ्दो जोखिमका बिचमा अधिकांश बैकहरुले वरिष्ठ अधिकारीहरुलाई नियुक्त गरि त्यसका विरुद्धमा क्रियाशिल रहन सक्ष्म ढंगले लगाएका छन् ।
बैकहरुले आफ्नो सुरक्षा खर्चमा साइबर आक्रमणले खर्च बढाएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरुले औषत १७८.३ मिलियन येन खर्च गर्ने योजना बनाउनुपर्ने बाध्यता सृजना भएको चालु आर्थिक वर्ष २०१७ को मार्च सम्ममा ७० प्रतिशतले बढी रहेको सर्वेक्षणले देखाएको छ ।

तपाईको प्रतिक्रिया