शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  बिहेलगत्तै बेहुला हराएपछि आफन्तहरु चिन्तित भएका छन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको पाँच दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए ।

हराएको आठ दिन भइसक्दा पनि उनको बारेमा कुनै जानकारी आउन नसकेको आफन्तले बताएका छन् । बेहुला र बेहुलीका आफन्तले प्रहरी प्रशासन र नागरिक समाजलाई खोजिदिन अपिल गरेका छन् ।

सोही गाउँपालिका–४ पटौटीकी २१ वर्षीय विष्णु घिमिरेसँग असोज १६ गते भट्टराईको विवाह भएको थियो । बेहुला नवलपरासीको डेढ मावि डेढगाउँमा निमावि तहमा गणित विषयका स्थायी शिक्षक हुन् । उनी आफन्त लगायत कसैको सम्पर्कमा नभएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे ।

तपाईको प्रतिक्रिया