शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – स्पेनको अदालतले क्याटलोनिया स्वतन्त्रता पक्षधर दुई नेतालाई जेल चलान गरेको छ ।

जोर्डि सान्चेज र ओम्नियम क्युसार्टलाई देशद्रोहको आरोपमा छानबिनका लागि जेल चलान गरेको बीबीसीले उल्लेख गरेको छ । स्पेनीस अदालतले खारेज गरेको क्याटलोनिया स्वतन्त्रताको जनमतसङग्रह गराउन उनीहरुले महत्वपुर्ण भूमिका खेलेको आरोप लगाईएको छ ।

स्पेनीस केन्द्र सरकारले जनमतसङग्रहलाई गैरकानुनी कदम भन्दै आलोचना गरेको छ । जनमतसङग्रहको परिणाम पछि क्याटलोनियाको स्वतन्त्रता पत्रमा नेता कार्लस प्युडेमोन्टले हस्ताक्षर गरेपनि मड्रिड सँगको वार्ता भने स्थगित गरिएको छ ।

अबको दुई महिना वार्ताका लागि समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया