शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ ।यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको  छ ।

प्रतिस्मार्टकार्ड शून्य दशमलव ९६ डलर अर्थात एक सय नेपाली रुपैयाँमा उपलब्ध गराउने गरी सम्झौता गरिएको विभागकाा महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय ग्लोबल टेन्डरमा सहभागी चार कम्पनीमध्ये सबैभन्दा सस्तोमा कार्ड छाप्ने कबोल गरेको मद्रास प्रिन्ट्सलाई सात लाख ५० हजार कार्ड छपाइको जिम्मा दिएको उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया