शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

धनगढी – धुर्मुस सुन्तली फाउण्डेशनलाई बिमला गिरीले १३ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि माई नगरपालिका १, ईलामकी बिमला गिरीले व्यक्तिगत १३ हजार ‘हेल्प फर नेपाल’को माध्यमबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको हो ।

बाढी पीडितका लागि निर्माण हुन लागेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणमा आफ्नो सानो सहयोगले केही थप राहत हुने भन्दै सहयोग गरेको बिमला गिरीले बताउनुभयो । उहाँले सानो उमेर देखि नै आफूलाई सामाजिक क्षेत्रमा काम गर्र्ने भावना भएकाले धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको बताउनुभयो ।

फाउण्डेशनलाई सहयोग गर्ने बिमला गिरीकी आमा सिता गिरी रेनुकाले छोरीको सामाजिक भावना देखेर आफु अत्यन्तै खुसी भएको प्रतिक्रिया दिनुभयो । उहाँले छोरीको समाज र सामाजिक क्षेत्र प्रतिको यो लगाव र क्रियाशिलले आफुलाई पनि जागरुक मिलेको बताउनुभयो ।

कार्यक्रममा फाउण्डेशनका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले व्यक्तिगत सहयोग गरेकोमा बिमला गिरीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया