शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ ।

हिजो भएको वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । संसद विघटन भएपनि ७ बुँदे माग मध्ये अन्य माग सम्बोधन हुनु पर्ने अडान कायम राख्दै डा. केसीले १२ दिनयता अनशन जारी राख्नु भएको छ ।

संसद विघटन भएसंगै अन्य विकल्पबाट माग सम्वोधन गर्नेबारे छलफल भईरहेको सरकारी वार्ता टोलीले जनाएको छ । एमबीबीएस पढाईमा उपलब्ध गराउनु पर्ने छात्रवृत्ति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन कार्यक्रम सुरु गर्नुपर्ने लगायत माग डा. केसीका छन् ।

यसैबीच १२ औं दिनयता अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्शकले बताएका छन् । पछिल्लो स्वास्थ्य रिपोर्ट अनुसार रगतमा ’क्याल्सियमको’ मात्रा निकै नै न्यून देखिएको र रक्तचाप कम भएको बताइएको छ ।

उहाँलाई २४ घण्टा अक्सिजन दिइएर राखिएको चिकित्सकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया