बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – संघीय संरचना अनुसार स्वास्थ्य नीति २०७४ तर्जुमाका लागि गठित उच्च स्तरीय समितिले पहिलो मस्यौदा तयार गरेको छ ।

स्वास्थ्य मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समितिले नयाँ नीति निर्माणका लागि नौ वटा कार्यदल र एउटा परामर्श समिति गठन गरेको छ । सो कार्यदल र समितिले दिएको सुझावका आधारमा २२ पृष्ठ लामो पहिलो मस्यौदा तयार गरेको हो ।

सो मस्यौदा प्रदेशस्तरीय छलफलका लागि आगामी साताभित्र पठाउने तयारी भएको मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले बताउनुभयो । मस्यौदामाथि सात वटै प्रदेशमा छलफल हुने भएकाले सो क्षेत्रमा केन्द्रबाट टोली खटाइने बताउदै गिरीले प्रदेश स्तरीय छलफल पछि प्राप्त सुझावलाई आधार बनाई मस्यौदा परिमार्जन गरिने उल्लेख गर्नुभयो ।

कार्यदलले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव अघि नै नीतिको पहिलो प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । संघीय संरचना अनुसार स्वास्थ्य नीति तर्जुमाका लागि युद्धस्तरमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया