शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
Shizugawa, Minami Sanriku (Miyagi)

“शिजुगावा हाई स्कुलबाट खिचिएको मिनामी सानरिकु (मियागी), शिजुगावाको दृश्य।” शिजुगावा मार्च २०११ मा सुनामीले तहसनहस बनाएको थियो र उक्त क्षेत्रमा अझै पनि पुनर्निर्माण हुँदैछ। अक्टोबर २०१६ मा फ्लिकर प्रयोगकर्ता चेङ एन चेङद्वारा लिइएको फोटो। License: Attribution-ShareAlike 2.0 Generic (CC BY-SA 2.0).

मार्च २०१७ को शुरुतिर एक जापानिज दैनिक समाचार पत्र काहोकु शिम्पोले पूर्वोत्तर जापानलाई समेट्दै विगत ६ वर्षमा भएका प्रगति विवरण प्रकाशित गर्यो। समाचारमा मार्च २०११ “तीन प्रकोप” को एक ठूलो भूकम्प, सुनामी साथै फुकुशिमा आणविक दुर्घटनाको कारण प्रभावित मानिसहरुको जीवन पूर्ववत् अवस्थामा ल्याउन त्यहाँ भएका प्रयास बारेमा जानकारी दिइएको छ।

काहोकु शिम्पोको मुख्यालय मियागी प्रान्तको सेन्दाइमा पर्दछ। यो प्रान्त पूर्वोत्तर जापानको धेरै प्रान्तहरु मध्ये एक थियो जसले भूकम्पका साथै भूकम्पको कारण उत्पन्न सुनामी दुबैको अनुभव गर्यो। सुनामीले सम्पूर्ण तटीय शहर सखाप पारेपछि मियागी र यसको छिमेकी फुकुशिमा साथै इवातेका हजारौं मानिसहरु उक्त क्षेत्रहरु खाली गर्न बाध्य भए। फुकुशिमा प्रान्तले आणविक दुर्घटना पनि भोग्यो जसको कारण त्यहाँको मात्रै १६०,००० बासिन्दा उनीहरुका घर खाली गर्नका लागि बाध्य भए

काहोकु शिम्पोको विशेष कभरेजले ६ वर्षमा उक्त क्षेत्रमा बस्ने मानिसहरुको जीवन पूर्ववत् अवस्थामा फर्काउन के कस्ता प्रयास भए भन्ने बारेमा स्थानीय दृष्टिकोण प्रदान गर्दछ। अखबारको गहन विशेषता जापानको पुनर्निर्माण मन्त्रालयको तथ्याङ्क साथै विस्थापित व्यक्तिहरुका सर्वेक्षण समावेश छ।

फुकुशिमा, मियागी र इवातेको आवास स्थिति

काहोकु शिम्पोको अनुसार डिसेम्बर १५ सम्ममा आवास प्रतिस्थापन योजनाको ७७ प्रतिशत (災害公営住宅, साइगाइ कोउए जुउताकु)) फुकुशिमा, मियागी र इवाते प्रान्तहरुमा काम सम्पन्न भएको छ। यी तीन प्रान्तहरुमध्ये आवास प्रतिस्थापन योजनाको ८० प्रतिशत काम सम्पन्न गरेर मियागीले सबभन्दा धेरै प्रगति गरेको छ। इवाते प्रान्तमा यस्तो आवास योजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ, जबकि फुकुशिमा ७० प्रतिशत सहित पुछारमा छ।

यसैबीच, ६ वर्षपछि त्यहाँ अझै पहिले निर्माण गरिएका अस्थायी आवास (仮設住宅, कासेत्चु जुउताकु)) देखि विस्थापितहरुलाई स्थायी प्रतिस्थापन आवासमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ। तीन प्रकोप पश्चात, लगभग ८०,००० मानिसहरु अस्थायी आवासमा बस्न बाध्य भए। डिसेम्बर २०१६ सम्ममा त्यहाँ मियागी, फुकिशिमा र इवातेका ३६,००० मानिसहरु यस्ता आवासमा अझै पनि बसिरहेका छन्।

फुकुशिमाबाट २०११ को विस्थापितमध्ये लगभग ४० प्रतिशत अझै पनि अस्थायी आवासमा बस्दछन्, जबकि मियागी बढी सफल भएको छ; प्रकोपपछि पूर्वनिर्मित आवासमा बसिरहेका ७५ प्रतिशत भन्दा बढी विस्थापितहरुलाई स्थायी घरहरुमा स्थानान्तरण गरिएका छन्। इवातेको आंकडा ३४ प्रतिशत छ।

तीन प्रभावित प्रान्तहरुमा कामको अवस्था र दैनिक जीवन

मार्च २०११ को प्रकोपको कारण प्रभावित बनेका तीन प्रान्तका १,१०० मध्ये १,०७४ (अर्थात करिब ९८ प्रतिशत विद्यालयहरु ) डिसेम्बर २०१६ सम्ममा पुन: खुलेका काहोकु शिम्पोले पायो।

स्पष्ट छ कि ६ वर्षमा तीन प्रान्तमा उद्योग पुनर्निर्माण गाह्रो भएको छ। जबकि मियागी र इवातेमा अहिले लगभग १०० प्रतिशत माछा मार्ने बन्दरगाह परिचालनमा छन्, फुकुशिमामा केवल ३० प्रतिशत मात्र माछा मार्ने बन्दरगाह खुलेका छन्।

सुनामी र आणविक दुर्घटनाले तीन प्रान्तमा कृषि भूमिको ठूलो क्षेत्र प्रभावित पार्यो । मियागी प्रभावित को ९३ प्रतिशत खेतीयोग्य जमीन पहिलेको अवस्थामा फर्काउन सफल भयो, जबकि इवातेमा ६६ प्रतिशत खेतीयोग्य जमीन मात्र र दुर्घटनाले प्रभावित फुकुशिमामा खेतीयोग्य जमीनको ५० प्रतिशत भन्दा कम प्रयोगमा आएको छ।

आणविक दुर्घटनाको कारण मात्र यो सम्भव छैन। फुकुशिमामा दुर्घटनाले प्रभावित ५,४०० हेक्टर मध्ये ६९० हेक्टर “आणविक बहिष्करण क्षेत्र” मा पर्दछ।

पर्यटन धेरै हदसम्म सुधार भएको छ तीन मध्ये दुई प्रान्तमा, यध्यपि फेरि पनि फुकुशिमा अझै पछाडि छ। आगन्तुक पर्यटक इवाते र मियागी तर्फ पूर्व-प्रकोप स्तरको करिब ९० प्रतिशत फर्केका छन्, जब कि फुकुशिमाको संख्या ७५ प्रतिशत मात्र छ।

यध्यपि काहोकु शिम्पोले यो पनि भनेको छ कि तटीय बस्तिका लगभग आधा मानिसहरु प्रकोप भएदेखि जीविका चलाउन समस्या भएको अनुभव गर्छन्।

के स्थानीय अर्को “ठूलो एक” को लागि तयार छन् त?

यस अखबारले स्थानीय बासिन्दाका साथै विस्थापितलाई पुनर्निर्माणको अवस्था लगायत सुनामीको जोखिम बारे कसरी धारणा परिवर्तन भएको छ सम्पूर्ण कुरा निर्धारण गर्न प्रशस्त सर्वेक्षण गर्यो। आफ्नो विशेषताको भूमिकामा, काहोकु शिम्पोले स्पष्ट पार्यो:

काहोकु शिम्पोले स्थानीय बासिन्दाबीच जागरूकता बारेमा थप जान्नका लागि एक सर्वेक्षण सञ्चालन गर्यो। सर्वेक्षणले ८३.१ प्रतिशत स्थानिय बासिन्दाहरु भविष्यमा भूकम्प साथै सुनामीको लागि तयार रहन कदम चालेका थिए। यध्यपि ५५.९ प्रतिशत उत्तरदाता (आधा भन्दा बढी) भविष्यमा हुन सक्ने प्रकोपको निम्ति अझै पनि पर्याप्त तयारी नगरिएको महसुस गर्दछन्।

कसरी फुकुशिमा प्रान्तको विस्थापितहरु अगाडि बढिरहेका छन्

आफ्नो वार्षिकोत्सव कवेरजमा काहोकु शिम्पोले फुकुशिमा प्रान्तको विस्थापितहरुका स्थिति बारेमा पनि विशेष ध्यान दियो। शक्तिशाली भूकम्पका साथै विनाशकारी सुनामीको अनुभव बाहेक फुकुशिमा प्रान्तले प्रकोपको कारण जापानको सबभन्दा खराब आणविक दुर्घटना पनि बेहोर्यो।

फुकुशिमाका १६०,००० विस्थापितमध्ये लगभग ६३,००० मानिसहरुलाई अन्यत्र सारिएको थियो। २०१६ को शुरुमा २३,००० मानिसहरु भन्दा केही बढी लाई फुकुशिमामा स्थायी प्रतिस्थापन आवासमा पुनः स्थापित गरिएको छ। २०१७ मा करिब ४०,००० फुकुशिमा नागरिक अझै पनि आफना घर रहेको प्रान्त भन्दा बाहिर बस्दछन्।

प्रकोप प्रभावित सबै क्षेत्रका अधिकांश विस्थापितहरु जो अझै पनि अस्थायी आश्रयस्थलमा बसिरहेका छन् उनीहरुको उमेर ५० वर्ष भन्दा माथि छ साथै उनीहरुलाई उचित आवासमा फर्काउन बाधा पर्ने देखिन्छ। मियागी, इवाते र फुकुशिमा प्रान्त पुनर्निर्माण प्रयास २०२० टोक्यो ओलम्पिकको पाटोको रुपमा विशाल निर्माण परियोजना विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

तपाईको प्रतिक्रिया