बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

राजेशचन्द्र राजभण्डारी

गर्भपतन लाई सरकारले कानुनी मान्यता दिएपछि अहिले यो नेपाली पुरानो उखान यतिबेला याद आयो मलाई नपाउने ले केरा खायो बोक्रा सँगै खायो झै भएको छ ।खै के हुन लागेको हो देशमा अचम्म भएको छ के हो गर्भपतन सेवा भनेको अहिले गाउँ देखि शहर सम्म सबै ठाउँमा यो सुबिधा भए पछि बैध अबैध गर्भवती भए यसलाई सजिलोसँग फाल्ने हतियार भएको छ कतिपय अबस्थामा यसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।सरकारले नेपालका महिला अधिकारबादी लगायत देशि बिदेशी गैरसरकारी सघ सस्थाको दबाब र प्रभावमा परेर गर्भपतन गराउन पाउने कानुनी मान्यता दिएको कुरा दुनियाँ लाई थाहा छ ।

अहिले सबैभन्दा बढी यसको फाइदा भर्खरै प्रेम गरेर गर्भवति भएका युवाहरूले लिइ रहेका छन् ।मेडिकल पसलमा गएर गर्भ नरहने औषधि किनेर खाने कुरा त सामान्य भन्दा सामान्य भै सक्यो ।अहिले हामी २१ औ सताब्दि प्रबेश गरेको भनी गौरब गरिएका छौ छोरा छोरी बराबरी भन्ने नारा नसुन्ने नेपाली सायद भेट्न र्गाहो पर्छ ।

प्रत्येक सभा सम्मेलनमा हामीले बालबालिकाको कुरा गर्दछौं बालबालीका बाच्न पाउने अधिकारको कुरा खुब मजा सँग गरेको सुनछौ महिला अधिकार कर्मिले मच्चि मच्चि मच्चनै थर्काउने गरि भाषण गर्ने कुरा त सामान्य भै सक्यो तर अहिले समाजमा छोरा छोरी बरबरी भनेर जति सुकै चिच्याए पनि छोरा पाउनको लागि अहिले पनि अनेक किसिमको उपचार मात्र नभएर उपाए समेत खोजिरहेको देखिन्छ ।

अहिले साच्चै भन्नुपर्दा गर्भमा छोरी भए अप्रेसन गरेर फाल्ने क्रम दिन दुई गुणा रात चौगुणा बढेर गएको तथ्य सबै नेपाली लाई थाहा छ ।अहिले छोरा पाउने आशामा दिनहुँ जसो गाउँ देखि शहर सम्म गर्भपतन गराइ सयौ छोरीहरूको गर्भ भित्रै हत्या गरिएको बिषयमा भने कसैले पनि ध्यानदिएका छैनन्

अघिपछि अन्त चैतमा जन्त भने झै अहिले कसैलाई छोरी भएको नाममा गर्भपतन पाउँदा खुब खुशी लागेको देखिन्छ सरकारले कानुनी मान्यता दिए पछि अस्पतालमै गएर बैध रूपमा बाहिर क्लिनिकमा समेत गर्भपतन बिस्तारै बिकृति तर्फ त गैरहेको छैन बिचार गर्नुपर्ने बेला भै सकेन र हो अमेरिका तिर सरकारले नागरिकको सुरक्षाको लागि हतियार राखन दिएको छ तर त्यहा त्यही हतियारको गलत प्रयोग गरेको घटना बेलाबेलामा सुन्न पाइन्छ तर नेपालमा किन के को लागि गर्भपतन गराउन पाउने हो भन्ने कुरालाई पन्छाएर खालि आफ्नो स्वार्थ अनुसार यसको प्रयोग गरेको पाइन्छ ।

अहिले हाम्रो कारणले गर्दा दिनहुँ अबैध गर्भपतन गराउने क्रम बढेको मात्रै होइन यो सस्थागत समेत बन्दै गैरहेको छ यो दुखलाग्दो बिषय हो ।तर छोरा पाउने नाममा गर्भ भित्र भएको छोरी गर्भपतन गराउनु भनेको छोरीको बाच्न पाउने अधिकार हनन मात्र होइन हत्या नै भैरहेको कुरा सत्य हो । तर यश बारे बोल्ने फुर्सद कसैलाई छैन यहाँ पाएको अधिकारको यहाँ बिरोध गर्न खोजेको हैन यहाँ अहिले उठाउन खोजेको बिषय के मात्र हो भने समाज झन भन्दा झन स्वार्थि हुदै गैरहेको देखिन्छ ।

हामीले बाहिर समाजमा कार्यक्रम सभासम्मेलनमा बोल्ने बेलामा जतिसुकै छोरा छोरी बराबरी भनेर भाषण गरे पनि अहिलेसम्म छोरा नभए सम्म हुदैन भन्ने मूल्य र मान्यता झन बढेर गगएको छ ।दिन भरि कार्यक्रममा छोराछोरी बराबरी भनेर घरमा आयो पछि फेरि सासू ससुरा देखि परिवार बाट छोरा नभएको भनी नेपाली हिन्दु धर्मको मान्यता अनुसार श्री गणेश पुराण लगाउने देखि मूल्य र मान्यताको कुराले हामीलाई गिजाइरहन्छ ।

फेरि हामी घरभित्र आएर छोरा छोरी बराबरी भनेर भन्न सक्ने अबस्था छैन ।हामी अझै पनि आफ्नो घर परिवारलाई नै परिवर्तन गर्न सकेका छैनौ अनि बाहिर समाज परिवर्तन गर्न हिडिरहेका छौ ।यो हाम्रो कहि पनि नपुग्ने गन्तव्य हो जस्तो लाग्छ न त हामीलाई परिवार बिश्वास गरेको छ न त समाजले नै किन भने हामीले सभा सम्मेलनमा गर्ने भाषणलाइ एउटा मनोरन्जनको रूपमा लिइएको देखिन्छ ।

साच्चै हामी छोरा छोरा भनेर किन हिडिरहेका छौ त छोरा नभए कुल नचल्ने देखि अनेक खाले मूल्य र मान्यता लाई देखाएर छोरा पाउन श्रीमती लाई मानसिक दबाब सामाजिक दबाब सृजना गर्दछौं त्यसको नाममा हामीले आफ्नो गर्भमा छोरा छ कि छोरी छ भनेर स्वास्थ सँस्थामा पुगेर भिडियो एक्सरे गराउने अनि छोरा भए जन्माउने छोरी भए गर्भपतन गराउने काम लाई निरन्तरता दिदै आएका छौ ।

साच्चै भन्ने हो भने हाम्रो समाजमा महिला दिदीबहिनीहरूले सहि गलत यो हो भनेर भन्न नसकेको कारणले पनि दिनहुँ गर्भ भित्र भएको छोरीले बाहिरी सँसार देखन नपाइकन मर्न परिरहेको छ । हामीले भाषण एउटा गर्दछौं तर व्यवहार अर्को गर्ने कारणले पनि समाज सुधार हुन नसकेको हो भन्ने कुरामा कुनै शँका छैन धार्मिक ग्रन्थ महाभारतमा भगवान श्री कृण्णले भन्नू भएको एउटा कुरा समझना भयो पाण्डब पत्नी द्रोपतिको कौरब दुस्सानले चिरहरण गर्ने समयमा भीष्म पितामह द्रोर्ण चार्य कृपा चार्य लगायतका महात्मा भएको ठाउँमा कसैले पनि त्यो समयमा द्रोपति चिरहरणको बिरोध गरेनन् तर उनका श्रीमानहरूले त्यो घटनाको बदला लिने घोषणा गरे यसै सन्दर्भमा पाप र धर्मको समेत ब्याख्या गर्दै यो सँसार मरेर गएका प्रेतआत्माले भन्दा पनि चाहिने ठाउँमा सत्य कुरा नबोल्ने महात्माहरूले बिगारिरहेको भनाइ बाट पनि हामीले धेरै कुरा सिक्न सकिन्छ ।

भगवान श्री कृण्णले अन्याय गर्नु मात्र पाप हैन अन्याय सहनु पनि अर्को पाप हो भनेर जुन कुरा भन्नुभएको छ त्यो अहिले पनि मनन योग्य छ । अहिले पाएको गर्भपतन गराउने सुबिधाको अहिलेसम्म जानेर वा नजानेर यसको चरम दुरुपयोग हुदै आएको छ अब यसलाई सबै मिलेर तत्काल रोक्न नसके पनि न्युनिकरण गर्न अबश्य सकिने छ ।गर्भ भित्र छोरी भएको कारणले त्यसलाई अप्रेसन गरेर हत्या गर्ने काम लाई भने अब रोक्नु जरुरी छ ।अब हाम्रो बहस सभासम्मेन देखि सँसद सम्म गर्भ भित्र भएको छोरीको बाच्ने अधिकार सुरक्षित गरौ भन्ने हुनुपर्छ भन्ने लाग्छ ।

अहिलेको बैध अबैध गर्भपतन गराउने नाममा केही स्वास्थको पैसा कमाउने धन्दा पनि बनेको छ ।अरूको मजबुरीको फाइदा उठाउन सजिलो पनि भएको छ ।छिमेकी मुलुक भारतको स्टारप्समा संचालित सत्यमेव जयत्यमा नायक अमिर खानले यस्तै सामाजिक बिषयमा भारतमा भएको गर्भपतन को बिकृती बारे तथ्यांक पेश गरेका थिए स्वास्थ संस्थाले गर्भवती महिलाको गर्भ परिक्षण गर्दा छोरा भए पनि छोरी छ भनेर अप्रेसन गरेर फाल्ने गरेको खुलाशा गरेका थिए भिडियो एक्सरे गर्दा थोरै रकम आउने तर गर्भपतन गर्दाखेरी भने जति रकम आउने भएकोले पनि थप बदमासी हुदै आएको छ ।

समाजमा बिकृती बढेको अहिलेको बाताबरणले हो अब भने हामीले सभासम्मेलनमा खालि नाटक मन्चन भन्दा पनि साच्चै बास्तबिकता तर्फ जाने कोशिस गर्न जरुरी छ । बालअधिकार महिला अधिकार हात्तीको देखाउने दात जस्तो हुनुहुदैन अहिले अधिकारको कुरामात्र गरेर पुग्दैन कर्तव्यको पनि पूरा गर्न जरुरी छ ।

गर्भपतन लाई अधिकारको हतियार नबनाई छोरा पाउने नाममा छोरीलाई गर्भमै तुहाउने काम लाई भने निरूत्साहित गर्न जरुरी छ ।हैन समाजमा सबैले छोरा मात्रै जन्माउने हो भने भोलि बुहारी खोज्न कहाँ जाने त्यो कुरा पनि सोच्न जरुरी छ । हामीले आफ्नो मात्रै अधिकारको कुरा गर्दा छोरीले आमा कै गर्भ भित्र मृत्यु रोज्न परिरहेको छ यस्तो अबस्थामा छौ हामी त्यो कुरा आमा हुन चाहने प्रत्येक महिला ले बुझ्न जरुरी छ आधुनिताको नाममा अहिले गर्भपतन संस्कृति संग संगै बिकृती बन्दै गैरहेको छ यसलाई समय छदै सच्याउन जरुरी छ ।हैन भने पुरानो नेपाली उखान जस्तो नपाउने ले केरा पायो बोक्रा संगै खायो भने झै हुनेछ ।

तपाईको प्रतिक्रिया