शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
पोल्याण्ड-दक्षिण एशियाकै चर्चित वलिउड अभिनेत्री मनिषा कोइरालाको उपस्थितिमा  पोल्यान्डमा  नेपालीहरुको भेटघाट कार्यक्रम सम्पन्न भयो ।
जनसम्पर्क समिति पोल्यान्डको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजन ,  डा बोध राज सुबेदीले गर्नु भएको थियो भने सभाको सभापतित्व डा अलिनी पोखरेल सुवेदीले गर्नु भएको थियो । डा  पोखरेल सुवेदीले सानैदेखि आफू राजनीतिमा लागेको र पोल्यान्ड आएर पनि आफ्नो चिकित्सक पेशाको वावजुद बिपि कोइरालाको आदर्श अनुसार पोल्यान्डमा जनसम्पर्क समिती पोल्यान्डको स्थापना भएको जनाउनु भएको थियो ।
साथै आफ्नो हजुरबुवा गोबर्धन शर्मा बिपि कोइरालाको आदेश अनुसार कमान्डर भएर काम गरेको जानकारी उक्त कार्यक्रममा गराउनु भएको थियो । नेपालमा बिपि कोइरालाको मेलमिलाप नितिले मात्र नेपालको उन्नति सम्भव हुन्छ भनेर सभापति सुवेदीले बताउनु भो ।  श्री नारायण चालिसेले सन्चालन  गर्नु भएको भेट्घाट कार्यक्रममा डा सुवेदीले आफ्नी श्रीमती अलिनिकी बुवा माननीय सांसद रामचन्द्र पोखरेलले बिपिको जीवनीबारे पहिलो पुस्तक लेखेको जानकारी दिनु भएको थियो ।
त्यसैले पहिलोपटक आफुले बिपिकी नातिनी मनिषा कोईरालालाई भेट्दा आत्मीयता र घनिष्टता भएको बताउनु भयो ।
मनिषा एउटा चर्चित अभिनेत्री मात्र नभएर समाजसेवी पनि भएकीले उहाँप्रति हरेक नेपाली एवम दक्षिण एशियाकै जनताको साथ रहेको जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि मनिसा कोइरालाले भन्नु भयो ” नेपालको राजनीति अति जोखिम छ यसबाट जोगिनुपर्दछ । विदेशमा बस्ने नेपालीहरुको जीवन त्यती सजिलो त पक्कै छैन तर मेहनत गर्नु भो भने अवश्य सफल हुनेछ भनेर जानकारी गराउनु भएको थियो ।आफु सफल भएपछि देशलाई सेवा गर्न सक्यौ भने देश अगाडि बढ्न सक्दछ भनेर आफ्नो बिचार व्यक्त गर्नु भएको थियो । साथै अभिनेत्री कोइरालाले भन्नुभयो ” आफु कलाकारिता लगायत सामाजिक सेवामा पनि लागेको र महिलाहरूले पनि आफ्नो हक अधिकारको लागि  नेपालको नियम कानुन अनुसार परिवर्तन हुन जरुरी छ ।”  आफुले क्यान्सर रोगलाई भोगेको र मृत्युको मुखमा पुगेर पनि बाच्न सफल भएकोले आफु क्यान्सर सचेतना सम्बन्धि ठाउँ ठाउँमा कार्यक्रम गरिरहेको र अरु गर्न जरुरी रहेको पनि जानकारी दिनु भएको थियो । साथै उक्त कार्यक्रममा युरोपियन क्यान्सर सेन्टर  वारसवा नजिक कार्यरत एवं एन आर एन ए पोल्यान्ड संस्थापक अध्यक्ष डा  सुवेदीले नेपाली समुदाय बिचमा मनिषा पोल्यान्डमा नेपालीमाझको उपस्थितिले सम्पुर्ण आफुलाई र गर्व र खुशी लागेको व्यक्त गर्नु भएको थियो । साथै आफुले १७ वर्ष देखि पोल्यान्डमा चिकित्सक पेशामा संलग्न भएकोले  मनिषा लगायत डा अलिनी , स्वयं आफैले  क्यानसर विरुद्ध  सचेतना अभियान कार्यक्रम गर्ने निर्णय लिएको जानकारी दिनु भएको थियो ।
कस्तो किसिमको क्यान्सर सचेतना अभियान हो भन्दा डा सुवेदीले बताउनु भयो : अहिलेसम्म इच्छुक टिममा उत्तम राज चालिसे म्यानेजर पोखरा क्यान्सर अस्पताल इन्जिनियर सुरेश पोखरेल बाल्टिमोर , राजेन्द्र अधिकारी असिस्टेन्ट प्रोफेसर काठमाडौ , उज्ज्वल राज चालिसे सिनियर कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट भक्तपुर क्यान्सर अस्पताल मिलाप पोखरेल निउरोलोजिस्ट अमेरिका , श्रीतिका थापा  अमेरिका , सुदर्शन सुवेदी चाइना भएको जानकारी श्री सुवेदीले गराउनु भएको थियो ।
क्यान्सर रोग लाग्दैमा आत्तिन नहुने र समयमै उपचार गरे ठिक हुन्छ भन्ने सचेतना कार्यक्रमको लागि जनसम्पर्क समिती पोल्यान्ड , पोखरा क्यान्सर सेन्टर , गोवर्धन मेमोरियल ट्रस्ट काठमाडौ लगायत बिभिन्न संघ संस्थासित मिलेर सचेतना अभियान गर्ने सोचमा रहेको जानकारी दिनु भएको थियो ।
इन्डियन फिल्म महोत्सव पोल्यान्डमा आएकी दक्षिण एशियाकै चर्चित जनसम्पर्क समिती पोल्यान्डको आयोजनामा वलिउड अभिनेत्री मनिषा कोइरालासित भेटघाट कार्यक्रम  अभिनेत्री मनिषा कोइराला पोल्यान्डमा रहेका नेपालीहरु माझ हिमालय रेस्टुरेन्ट वारसवामा जनसम्पर्क समिति पोल्यान्डको आयोजनामा भेटघाट कार्यक्रममा बिपि  भाइ बुहारी सुष्मा कोईरालाको पनि उपस्थिति थियो ।
साझ ७ बजेबाट शुरूवात भएको भेटघाट कार्यक्रममा पानी अभियानकर्ता मित्रलाल पार्देले पानी अभियान सम्बन्धि उद्देश्य र जानकारी दिनु भएको थियो र पानी अभियानलाई विश्वव्यापी गराउन अभिनेत्री कोइरालालाई पनि अनुरोध गर्नु भएको थियो ।
जनसम्पर्क समिती पोल्यान्डको आयोजनामा सम्पन्न  कार्यक्रमको व्यवस्थापन श्री जीवन केसी , सुरज कार्की , रित्तु न्यौपाने , राम चन्द्र न्यौपाने लगायतले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया