नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने

काठमाडौं – वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ ।

गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै नयाँ शक्ति पार्टीको आज बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको हो ।

बैठकले संयोजक बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ । माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने अडान लिएपछि भट्टराई एक्लै चुनाव लड्ने निर्णयमा पुग्नु भएको हो । निर्णयअनुसार भट्टराई गोरखा- २, कृष्णकुमार चौधरी कैलाली- ३, दानबहादुर चौधरी कपिलवस्तु- १, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार बन्नुहुनेछ ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित