संसदबाट पारित सातवटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं – व्यवस्थापिका संसदबाट पारित भएका सातवटा विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले अाज व्यवस्थापिका संसदबाट पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पेश गरेपछि ति विधेयकहरु राष्ट्रपतिले प्रमाणिकरण गर्नुभएको हो ।

संसदबाट पारित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाती आयोग, मधेशी आयोग, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

ति विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणिकरण भएका हुन्

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित