वाम गठबन्धनसँग बाबुराम रुष्ट, सूर्य चिन्हबाट चुनाव नलड्ने !

काठमाडौं – नयाँ शक्ति पार्टीले सूर्य चिन्ह लिएर चुनाव नलड्ने भएको छ ।

यसअघि एमाले र माओवादीसँग तालमेल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेको नयाँ शक्तिले गठबन्धनमा आफूहरुलाई उचित स्थान नदिइको भन्दै सूर्य चिन्ह लिएर चुनाव नलड्ने जनाएको हो ।

नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नुको साटो नयाँ शक्तिकै चिन्ह आँखा लिएर लड्नुपर्नेमा नेताहरुले जोड दिएका हुन् । यद्यपी बैठकले यसको औपचारिक निर्णय भने गरिसकेको छैन ।

नयाँ शक्तिका नेताहरुका अनुसार सूर्य चिन्ह लिएर चुनाव नलड्ने निर्णय अाजको बैठकले गर्ने तर गठबन्धनमा रहने कि बाहिरिने भन्नेबारे पनि आजै निर्णय नहुने सम्भावना छ ।

नयाँ शक्तिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी र एमालेका नेताले त्यसो गर्न नसकिने बताएपछि डाक्टर भट्टराई रुष्ट हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित