दार्जिलिङमा फेरि हिंसा भड्कियो, १ सुरक्षाकर्मीसहित दुईको मृत्यु

काठमाडौं – अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा भड्किएको छ ।

आज बिहान दार्जिलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ । विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले बिहानैदेखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको हो ।

झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन बढी घाइते छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित