प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

एमाले मुख्यालय धुम्बाराहीमा अपरान्ह २ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल हुने सचिव योगेश भट्टराईले बताउनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने भट्टराईले जानकारी दिनुभयो । यस्तै आजै एमाले स्थायी समितिको बैठक पनि बस्दैछ ।

साँझ ५ बजे बस्ने बैठकमा संसदीय समितिले सिफारिस गरेका उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तयारी भएको बताइएको छ । निर्वाचन आयोगले पर्सी २९ गते सम्म प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेकाले पनि एमाले अन्तिम तयारीमा जुटेको हो ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित