निर्वाचन तयारीबारे आयोगले राजनीतिक दलहरुसंग छलफल गर्दै

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तथा हालसम्मका प्रगती बारे राजनीतिक दलहरुलाई जानकारी गराउने भएको छ ।

निर्वाचनको मिति सार्न केहि दलहरुबीच चर्चा चलिरहँदा आयोगले निर्वाचन तयारी बारे दललाई जानकारी गराउन लागेको हो । कान्तिपथस्थित आयोगको मुख्यालयमा दिउँसो १ बजे हुने छलफलमा प्रधानमन्त्री सहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाईएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचनमा आवश्यक पर्ने सुरक्षा रणनितिबारे सुरक्षा अंगका प्रमुखसंग छलफल गरेको भोलिपल्ट आयोगले तयारी बारे दलहरुलाई जानकारी गराउन लागेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छापिरहेको छ भने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षणपछि कार्याक्षेत्र पठाईसकेको छ । उनीहरुले २९ गतेबाट कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित