मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – निखिल उप्रेती स्टार फिल्म ‘पिंजडा ब्याक अगेन’को पहिलो गीति भिडियो रिलिज गरिएको छ । ‘कु कु कु’ बोलको लोक लयको गीतमा निखिल स्वयम र नायिका सारा शेर्पालीले कम्मर मर्काएका छन् ।

गीतमा राजनराज सिवकोटीको शब्द, संगीत तथा स्वर छ । मौलिक शब्द समावेश गीतमा अञ्जु पन्तको फिमेल भोकल छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ माघ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्देशक केसीकै द्धन्द्ध निर्देशन रहेको फिल्ममा राजनसँगै बसन्त सापकोटा र अर्जुन पोखरेलको पनि संगीत छ ।

पिंजडा ब्याक अगेनलाई रामेश सुवेदी, बाबुराजा सिंह, बसन्त शर्मा, सुशान्त श्रेष्ठ, रोहित पुरी, गोविन्द गौरा र चन्द्र बहादुर क्षेत्री मिलेर निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया