ओलीले भने, भारतको व्यवहार असल छिमेकीको जस्तो भएन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गर्नु भएको छ ।

सीमा रक्षक देवनारायण यादवलाई एमालेमा प्रवेश गराउँदै ओलीले भारतको व्यवहारप्रति असन्तुष्टि जनाउनु भएको हो ।

सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमणविरुद्ध लडेका देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको र पछिल्लो समयमा उनीमाथि भारतीय पक्षबाट ज्यान मार्ने धम्की आएको सन्दर्भमा ओलीले भारत व्यवहार असल छिमेकीको जस्तो नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘असल छिमेकीले दुःख कष्ट दिदैन, बरु आपत विपतमा सघाउँछ । तर भारतीय पक्षबाट असल छिमेकीको व्यवहार अझै पाउन सकेनौं । देवनारायण यादमाथिको व्यवहारले हामीलाई खिन्न बनाएको छ ।’

ओलीले मधेसवादी भनिएका दलले नाकाबन्दी लगाउन भारतलाई गुहारेर मधेसकै जनतामाथि अत्याचार गरेको आरोपसमेत लगाउनुभयो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित