गौचनको अन्त्यष्टि आज साँझ गर्ने तयारी

काठमाडौं – गोली हानि हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्येष्टि आज साँझ पशुपति आर्यघाटमा हुने भएको छ ।
विहान १० बजेदेखि १२ बजेसम्म एफक्यानको प्रांगणमा श्रद्धाञ्जली कार्यक्रम राखिएकोमा अहिले उहाँको शव श्रद्धाञ्जलीका लागि बालाजुस्थित थकाली समाजमा लगिएको छ । एक्यानको प्रांगणमा गरिएको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, बन मन्त्री विक्रम पाण्डे, नेतृ पम्फा भुषाल, एफएनसीसीआइ अध्यक्ष भवानी राणालगायत विशिष्ट व्यक्तिहरुले गौचनको शवलाई पुष्पमालाले अन्तिम विदाइ गरेका थिए । श्रद्धाञ्जली दिने क्रममा गौचनका परिवार आफन्त र शुभेच्छुक भावविह्वल अवस्थामा देखिन्थे ।
यसअघि गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई सहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित