रोमान्चक मोडमा एनआरएन निर्वाचनः जमुना घलेको उम्मेद्वारी घोषणा, अध्यक्षमा तीन प्रतिस्पर्धी

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा शेष घलेकी पत्नी जमुना घलेले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
उम्मेद्वारी दिने विषयमा लामो समयदेखि आन्तरिक छलफलमा जुट्नु भएकी घलेले आज पत्रकार सम्मेलन गरि उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन आगामी शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
अध्यक्षका उम्मेद्वार घले अष्ट्रेलियाका धनाड्यको सूची हुनुहुन्छ । विश्वभरीबाट आउनु भएका डेलिगेट्सहरुले आफूलाई उम्मेद्वारी दिन गरेको आग्रहलाई स्वीकार गर्दै यस्तो निर्णय गरेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उहाँको भनाइ छ । उम्मेद्वार बन्नु भएकी गुरुङले आफ्ना पति तथा वर्तमान अध्यक्ष शेष घलेले सुरुवात गर्नु भएका मेघा प्रोजेक्ट समयमै सम्पन्न गर्न पनि आफ्नो उम्मेद्वारी आवश्यक रहेको बताउनु भयो ।
यसैबीच, यसअघि नै अध्यक्षका लागि हालका उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । उहाँहरु अहिले मतदाताहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित