बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

कुनै पनि काम गर्दा त्यसलाई विभिन्न कोणबाट नियाल्नु पर्दछ । अन्यथा त्यो अधुरो र अपुरो हुन्छ । राम्रो भयो भने सवैे श्रेय आफुले लिने र नराम्रो भए आर्कोलाई दोष लगाउने परिपार्टी अझै विद्यमान छ । नेपालको राजनीतिमा केही दिनदेखि केही नयाँ कामको थालनी भएको छ । त्यसको भविष्य के छ ? भन्नेमा कोही पनि केही भन्न सक्ने अवस्थामा छैनन् । किन भने विगतदेखि अहिलेसम्म राजनीतिमा विश्वास घात हुदैं आईरहेको छ । एक अर्काप्रति शंका र उपशंकाले गर्दा रातारात पत्याउन गाह्रो हुने काम हुदैं आईरहेको छ ।
सात दशक पहिला नेपालीहरुले देखेको सपना पुरा भएसँगै देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भईसेको छ । अव प्रदेश र केन्द्रको निर्वाचन हुन बाँकी छ । स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेपछि दलहरु झस्किएका छन । आफुहरुले सोचेको भन्दा फरक मत आएपछि उनीहरु आफ्नो भविष्यको सफल अवतरणको खोजिमा छन । त्यसै अनुसार उनीहरु तालमेलको बाटो रोजेका हुन ।
वि.स. २०५१ सालमा सदनको नेतृत्वमा पुगेको एमाले अहिले सत्ता बाहिर बस्नु परेको पीडामा जस्तोसुकै सम्झौता गर्न तयार भयो । वि.स. २०६२÷०६३ को जनआन्दोलन पछि जंगलबाट घरमा हुलिएको माओवादी आफुले उठाउँदै आएको मुक्तिको कुरा एकाएक विर्सिएर अन्र्तर द्वन्द्वमा फस्यो । चिराचिरा हुदैं अतित्व नै समाप्त हुने देखेपछि पार लाग्न खोज्यो । पार्टी भित्रै मतभेदलाई समाधान गर्न नसकेपछि संस्थापक पार्टीबाट अलगभई नयाँ साथमा लिई चुनावि तालमेल गर्न पुग्यो । उसले पनि अहिले आफुसँग तालमेल भएका पार्टीहरु निर्वाचन पछि पार्टी एकिकरण हुने बताईरहेको छ । उनीहरुको गरेको यो काम हेर्दा देशमा सवै भन्दा ठूलो पार्टी को बन्ने भन्नेमा होडवाझी चलेको देखिन्छ ।
कसैले कसैको अतित्व स्वीकार गर्न नसकी नेपाल जस्तो सानो देशमा दर्जनौ पार्टीहरु खोलि बस्नेकालाई संविधानको थ्रेसहोल्डले घाँटी निमोट्ने काम ग¥यो । समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्दछ । साना दलहरुको अहिलेसम्म गरेको राजनीतिक नै समाप्त हुने नयाँ शक्ति नामको पार्टी खोलि देश दौडाहा गर्दागदै थाकि सकेपछि सो पार्टी आफ्नो विश्रम सहितिको भविष्यको खोजिमा लाग्यो । यस्ता तमाम पार्टीहरुको आ–आफ्नै समस्याले गर्दा वाम एकता भन्दै तीन पार्टीहरुले एउटा सम्झौता गर्न पुगेका छन । उनीहरुको वीचमा प्रदेश र केन्द्रको निर्वाचन पछि पार्टीगत एकता गर्न बताईरहेका छन । उता नेपाली काँग्रेसले भने वाम गठबन्धनलेको कडा रुपमा जवाफ फर्काउँदैं लोकतान्त्रिक गठनबन्धन ग¥यो ।
आफुलाई टेको लगाएको पार्टीले प्रतिपक्षसँग गरेको सम्झौताले चिडिएको काँग्रेस अन्य दलहरुलाइगरी आएको स्थानीय तहको मत परिणामले दुई ठूला पार्टीले साना पार्टीहरुलाई आफ्नो काखमा च्यापी उनीहरुको अतित्वलाई जोगाईदिन चुनावी तालमेल गरको हुन । उनीहरुले यहि अवस्थामा पार्टी नै एकिकरण हुने गरी गठबन्धन गरेका छैनन् । गठनबन्धन पछि सवैको समावेशी उम्मेदवार हुने भएकाले कुनै न कुनै ठाउँबाट साना पार्टीहरुको विजय हुने देखेपछि उनीहरु एकिकरणको नाम दिई अंक गणितीय जोड घटाउमा लागेका हुन । आफु अनुकुलको नियर्ण गर्दा वि.स. २०४८ मा कर्मचारी आन्दोलनको नेतृत्व फसेको एमाले पुनः वाम गठबन्धमा फसेको छ । उता काँग्रेस पनि आफुलाई देशको सवैभन्दा ठूलो लोकतन्त्रवादी भन्दा भन्दै स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा पुगी लोकतान्त्रिक गठबन्धनमा फसेको छ । त्यसैले यसको कुनै पनि भविष्य छैन । जनआन्दोलनको माग नभएको संघीयता चोरको बाटो हुदैं जसरी नेपालको संविधानसम्म पुग्यो त्यसरी नै पार्टी एकताको कुरागरी सधै सवै मिली सरकार चलाउने चाहाना अनुरुप पार्टी एकिकरणको विक्षरुपी जाल थापेका छन । राष्ट्र भन्दा ब्यक्तिलाई ठूलो ठान्ने भूक्तभोगी हाम्रा राजनीतिक दलहरु कहिल्यै पनि नागरिकप्रति वफदार बन्न सकेका छैनन । त्यसैले कालन्तरमा गएर कुनै समयमा पार्टीहरु एकिकरण होलान तर अहिले भएको गठबन्धनले सजिलै देशमा दुई पार्टी होला भन्न सकिने अवस्था छैन ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया