शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – पछिल्लो समय दशैमा निकै लोकप्रिय गीतहरु सार्वजनिक गरी चर्चामा रहेका प्रदेशी गायक सुर्य खड्काको आवाज र अभिनयमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको आलाराम सार्वजनिक भएको छ ।

सुर्य खड्का र जुना श्रीसले आवाज दिनुभएको यस गीतमा प्रदेशीने नेपालीहरुको पिडालाई देखाउन खोजिएको छ । सागर विरहीको लय रहेको गीतमा प्रकाश गौत र तिलकराम अधिकारीको शब्द रहेको छ ।

स्मृती तिमिल्सेना गुरुआमाले निर्देशन गर्नुभएको यस गीतको म्युजिक भिडियोमा गायक खड्का र सारिका के.सीले अभिनय गर्नुभएको छ ।  गुँरास मुभिज प्रा.लीले बजार व्यवस्थापन गरेको यस गीत सार्वजनिक भएको छोटो समयमा नै राम्रो प्रतिक्रया आउन थालेको छ ।

गीतको म्युजिक भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=239&v=EzpIzL2VZWw

 

तपाईको प्रतिक्रिया