एनआरएन आइसीसी युवा संयोजकमा जापानबाट सुदन थापाको उम्मेदवारीको घोषणा

टोकियो – गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल एनआरएनएको आठौं महाधिवेशन यो साता काठमाडौंमा हुँदै छ । ग्लोबल सम्मेलनकारुपमा हरेक दुई वर्षमा बिशेष महत्व पाउने गरेको एनआरएनको महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्दै आगामी नीति तथा कार्ययोजनाहरु तय गर्दै आईरहेको छ ।

महाधिवेशन नजिकिदैं गर्दा विभिन्न पदमा आफ्नो उम्मेदवारी सार्बजनिक गर्ने क्रम तिब्र गतिले बढिरहेको छ ।

यसैबीच एनआरएन जापानका निवर्तमान अध्यक्ष सुदन थापाले एनआरएनए आइसीसीको युवा संयोजकमा उम्मेदवारीको घोषणा गरेका छन् ।

मुलुक निर्माणमा गैरआवासीय नेपाली संघको महत्वपूर्ण जिम्मेवारी रहेको र त्यसको लागि बिश्वभरि छरिएर रहेका दोस्रो पुस्ताका एनआरएन अर्थात युवाहरुलाई समेट्ने मुलभुत उद्देश्यका साथ आफुले युवा संयोजकमा उम्मेदवारीको घोषणा गरेको थापाले बताएका छन् ।

थापाद्वारा प्रेषित उम्मेदवारी घोषणाको पूर्ण पाठ जस्ताको तस्तै : 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित