जापानमा निर्वाचन : जापानी राजनीतिज्ञहरूको नि:शुल्क शिक्षामा जोड

निशुल्क शिक्षामा जोड

टोकियो – जापानका सबै राजनीतिक दलका नेताहरू मतदाताहरूलाई खुशी पार्ने प्रयास गरिरहेका छन् ।
जापानको उदारवादी लोकतान्त्रिक (LDP) पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरिया जानाजानी आफ्नो धम्की देखाउन खोजिरहेको छ, यस्तो अवस्थामा हामी डगमगाउनु हुदैन, हामी दृढ छौ कसैसँग झुक्ने छैनौ । विश्वभरका देशहरुको साथ र समर्थन लिएर यस्तो परिस्थिति सिर्जना गर्नुपर्छ जहाँ उत्तर कोरियाको साथमा वार्ताको प्रस्ताव राख्ने बाहेक कुनै विकल्प नहोस् र आफ्नो नीतिमा परिवर्तन ल्याओस् ।

हामी अर्को पुस्ताका लागि खुलेर लगानी गर्ने निर्णय गरेका छौं । हामी वृद्धा र कम जनसंख्या अघि भन्दा ठूलो चुनौती सामना गर्दै परिवर्तनका लागि विद्यालयको पूर्व शिक्षणलाई नि:शुल्क गराइने छ । यो चुनावमा हाम्रो नीति र सच्चाईलाई गम्भीरतापूर्वक प्रचार गरिनुपर्छ, राजनीतिमा सनक र नारावाजीले भविष्यका लागि मार्ग प्रशस्त गर्न सक्दैन, सही नीति र नेतृत्व भयो भनेमात्र राष्ट्रको भविष्य सुनिश्चित हुन्छ ।

होप दलका अध्यक्ष युरीको काइकेले ‘आबेको राजनीति कालमा कुरामा मात्र सीमित भएको, सत्तामा आसिन मानिसहरु कै चाप्लुसी गर्न ठिक्क रह्यो, जो साथीहरु शक्तिमा छन् तिनीहरु सत्ताको चरम दुरुपयोग गरिरहेका छन् ।’
‘तपाईं यस प्रकारको राजनीतिलाई विश्वास गर्न सक्नुहुन्छ ? वृद्धा उमेरको जनसंख्याको समस्या हामी सामु छ । आबेले खपत कर ८ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाउने यो चुनावमा उहाँले अपेक्षित राजस्वका व्यवस्था गर्न जनादेश पाउने बताए पनि यस प्रकारको भावशून्य विचारबाट जापानको कुनै भलो छैन यो समय बिताउनका लागि मात्र हुने कोइकेको आरोप छ ।’
यस चुनाव अभियानमा, हामी यस्ता विचारहरू प्रस्तुत गर्न चाहन्छौं जुन अन्य पक्षहरूले सोच्न पनि सकेका छैनन् जुन हरेक व्यक्तिहरुले आशा गरेको छन् ।
कोमोइतोका मुख्य प्रतिनीधि नात्सुओ यामागुचीले भने–’हामी उपयोग कर नीतिबाट प्राप्त आयको व्यवस्थापनको तरिका बदल्नका लागि विद्यालय पूर्व शिक्षण तथा उच्च शिक्षलाई नि:शुल्क बनाई यसको आर्थिक बोझलाई कम गरिने छ ।
यस चुनावबाट नयाँ सरकारको तय हुने भएकाले हामी आग्रह गर्न चाहन्छौ कि लिबरल डेमाक्रेसी पार्टी र कोमेइतोका गठबन्धनयुक्त सरकारले जापानको भविष्य अगाडि लैजाने छ । केवल चुनावमा मात्र हात मिलाउनेहरुलाई हाम्रो जीवन र जीविकाका लागि खेलवाड गर्न दिनुहुदैन ।

जापानी कम्युनिष्ट पार्टी प्रमुख काजुओ शिइले भनेका छन – ’यो चुनाव आबे सरकार ढाल्नका लागि एउटा ऐतिहासिक अवसर छ आबे प्रशासन आफ्नो एकलौटी निर्णय अनुसार अघि बढिरहेको जुन असंवैधानिक हो भन्ने स्पष्ट प्रमाण सुरक्षा ऐन, गोपनीयता ऐन, षडयंत्र व्यवस्थाका यति धेरै नाम हुन् । सत्तारूढ पार्टीले संविधानको धज्जी उडाएको छ र आफ्नो सिमा भन्दा बाहिर गैसकेको छ । त्यसैले संविधान सुरक्षित बनाउनका लागि हामी हाम्रो राजनीतिलाई फिर्ता गर्नुपर्ने छ ।’

कन्टीच्युसनल डेमोक्रेसी पार्टी अफ जापानका अध्यक्ष युकीओ एदानोले भने –’वर्तमान सरकारले समाजमा असमानता वृद्धिको सिर्जना यस कारण शक्तिशाली मध्यम वर्गको अन्त्य हुदैछ । यसले गर्दा समाजमा नराम्रो अवस्थाको सिर्जना हुन सक्छ त्यसैले हामीले राम्रो दिनको फिर्ता ल्याउन आवश्यक छ । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित