बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं –  संजय लिला भंसालीको निर्देशन तथा निर्माण रहेको सिनेमा पदमावतीको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंहको मुख्य भूमिका रहेको ‘पद्मावती’ रानी पदमावतीको कथामा आधारित सिनेमा हो ।

‘पदमावती’मा दीपिका रानी पदमावतीको भूमिकामा छिन् भने अभिनेता रणवीर सिंहले अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका छन् । त्यस्तै शाहिद कपूर राजा रतन सिंहको भूमिकामा छन् । सिनेमाको ट्रेलरमा यी तीनै पात्रको भूमिका दमदार देखिएको छ ।

सिनेमा ‘रामलीला’ र ‘बाजीराव मस्तानी’ पछि संजयले दीपिका पादुकोण र रणवीर सिंहसँग तेस्रो पटक सहकार्य गरेका हुन् ।

तपाईको प्रतिक्रिया