शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – आफ्नो केस मुलायम र चम्किलो होस् भन्ने चाहना जोकसैको पनि हुन्छ । तर, चाहना भएर मात्रै के गर्नु, आइडिया हुँदैन । केस मुलायम बनाउने र त्यसलाई चम्किलो गराउन विभिन्न ब्युटिपार्लर धाउने युवतीहरूको भिड थामिनसक्नु छ । अब महँगो शुल्क तिरेर कुनै ब्युटिपार्लर धाउनु पर्दैन ।

नियमित रूपमा एउटै खालको र राम्रो साबुनले कपाल धुनुहोस् । तेल जुनसुकै भए पनि त्यसलाई तताएर मात्रै केसमा लगाउनुहोस् । यसो गर्नुभयो भने उक्त तेल केसभरि जहाँतहीँ राम्रोसँग फैलन पाउँछ ।

ब्रस या अन्य कुनै साधनको प्रयोगविना आफ्नै औँलाका माध्यमबाट तेल लगाउन सक्नुहुन्छ । औँलालाई तेलमा डुबाएर केसको सबैतिर लगाउनुपर्छ ।
धेरैको बानी छ, तेल लगाएपछि हातले रगड्ने । तर, यसो गर्नु राम्रो हुँदैन । यसले गर्दा केस कमजोर हुन सक्छ ।

टाउकोमा जति लामो समय तेल लगाइन्छ, उति नै फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया