शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपाली कविता , गजल र मुक्तक माथि दक्षिण कोरियामा बहस गरिएको छ । नेपाली साहित्य समाज दक्षिण कोरिया गरेको बृहत साहित्यिक महोत्सवमा स्रष्टाहरुले गजल , कविता र मुक्तकका विषयमा बहस गरेका हुन् । नेपाली पर्व बडादशैँ र कोरियाली पर्व छुसकको अवसरमा समाजले साहित्यिक महोत्सव गरेको थियो ।
‘यूग र जगतको प्रतिबिम्ब साहित्य’ नारा दिईएको  महोत्सवमा  नेपाली कविताको समसामयिक  अवस्थामा कवि प्रमोद सारंग,मिलनकान्छा किराँती र पराजित पोमूले  बहस गरे । कविता वहस सेसनको  सहजिकरण कवि अन्जान काईलाले गरेका थिए ।
कार्यक्रमको दोश्रो सेसनमा गजलकार राम कँडेल “अधिश’’ र देव सागरले गजलको समसामयिक बिबादहरुको बिषयमा  छलफल चलाए भने सहजीकरण गजलकार  सरोज सर्वहाराले गरेका थिए । कार्यक्रमको अर्को चरणमा मुक्तकको बिषयमा सन्जय घिमिरेको सहजिकरणसँगै मुक्तककारद्वय बिष्णु वाग्ले र सन्तोस अम्गाईले आफ्नो धारणा राखे ।
कार्यक्रममा दक्षिण कोरियालाई कर्म थलो बनाई नेपाली कला साहित्यमा निरन्तर योगदान पु–याईरहेका स्रष्टाहरुको बाक्लो उपस्थिती रहेको थियो । साहित्यिक महोत्सवमा ‘सनतासा कथा संग्रह’,‘माटो गजल संग्रह’ र ‘आत्माको अभिव्यक्ति’ गरी तिन  पुस्तकको लोकार्पण गरिएको थियो । साथै कार्यक्रममा  स्रष्टाहरुको सम्मान पनि गरिएको थियो । प्रमोद सारङ, मिलनकान्छा किराँती,पराजित पोमु, जिवन खत्री,बोनम प्रताप,कृस गुल्मेली बाबु, मन्जु गुरुङ, कोरियन कवि कोम ह्यङ ह्यो, धरती कल्पना र चर्चित संगितकार डि आर अटु लगायतका स्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोनम प्रताप,जिवन खत्री बिष्णु लामा, निर्गराज राई,शकुन आँशु, मात्रिका नेम्बाङ,छबिशित कुलुङ,मिलन किराँती,कमल बाछिटे र रामचन्द्र शर्माले आफ्नो रचना वाचन गरेका थिए ।
नेसासका अध्यक्ष एल्जी विवस र एनआरएन कोरिया अध्यक्ष लक्ष्मी लामा गुरुङले सम्मानित स्रष्टाहरुलाई खादा र सम्मानपत्र हस्तान्तरण गरेका थिए । प्रवासमा रहेका नवसर्जकहरुलाई उत्प्रेरणा जगाउन नेपाली साहित्य समाजले साहित्यिक गतिविधीलाई निरन्तरता दिने संस्थाका अध्यक्ष एल्जी विवसले जानकारी दिए ।

तपाईको प्रतिक्रिया