शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ । अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उहाँले बताउनुभएको छ ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थाल्नुभएको थियो । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उहाँले फूलपातीका दिन अनसन स्थगित गर्नुभयो ।

त्यसबेला नै उहाँले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताउनुभएको थियो। त्यस अनुसार उहाँ अनसन बस्न लाग्नुभएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया