शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – कुनै गाउँमा आधा सताब्दी देखि कुनैपनि मानिसको बच्चा नजन्मिनु वास्तवमा अनौठो घटना नै हो । भारतको एक गाउँमा यस्तै भएको छ ।

भारतमा एउटा यस्तो गाउँ छ जहाँ पछिल्लो ५० वर्षयता कोहीपनि मान्छे जन्मिएको छैन । मध्यप्रदेशको राजधानी भोपालबाट ७० किलोमिटर टाढा रहेको राजगढको सांका जागिर गाउँ यस्तो अनौठो गाउँ हो । यहाँ ५० वर्षदेखि बच्चा जन्मिएको छैन ।

यसरी गाउँको सिमानाभित्र ५० वर्षदेखि बच्चा नजन्मिनुको कारण पनि अनौठो नै छ । वास्तवमा एक अन्धविश्वासका कारण यस्तो भएको छ । यहाँका मानिसहरुमा एउटा अन्धविश्वास छ । जस अनुसार यदि गाउँको सिमानाभित्र बच्चा जन्मिएमा बच्चाको मृत्यु हुन्छ वा अपांग बन्दछ ।

सोही डरका कारण गाउँलेहरुले आफ्नो गाउँको सिमाना बाहिर एउटा घर बनाइराखेका छन् । गाउँमा सुत्केरी व्यथा लागेका हरेक महिलालाई तत्कालै गाउँबाट निकालेर सोही घरमा पूराइन्छ अनि सोही घरमा बच्चा जन्मिसकेपछि मात्र गाउँमा भित्राइन्छ ।

गाउँलेहरुका अनुसार त्यहाँ कुनै जमानामा एउटा मन्दिर थियो । मन्दिरको पवित्रता जोगाउनकै लागि भन्दै गाउँलेहरुले गाउँभित्र बच्चा जन्माउन बन्देज लगाएका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया