शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं  – अमेरिकाले सन् २०१९ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठाका लागि फर्म खुला गरेको छ । अमेरिकाले नेपाली समय अुनसार मंगलबार राति पौने १० बजेदेखि डिभीका लागि फर्म खुला गरेको हो ।

नेपालमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर डिभीको फर्म खुला भएको र आउँदो कात्तिक २१ गते राति पौने ११ बजेसम्म फर्म भर्न सकिने जानकारी दिएको हो । डिभीको आवेन निशुल्क रहेको दूतावासले जनाएको छ ।

आवेदन भर्न सजिलो रहेकाले भिसा कन्सल्टेन्सीका कुरा झुट्ठा आश्वासनमा विश्वास नर्गन पनि अमेरिकी दूतावासले अनुरोध गरेको छ । http://dvlottery.state.gov मा गएर सन् २०१९ को डिभी चिट्ठा कार्यक्रमका लागि अवेदन दिन सकिनेछ ।

डिभीको आवेदनका लागि के आवश्यक पर्छ ?

  • आफू अनि श्रीमान्/श्रीमती र छोराछोरीको व्यक्तिगत विवरण
  • आफू अनि परिवारको हालसालै खिचिएको २ इन्च गुणा दुई इन्च साइजको फोटो
  • उच्च माध्यामिक परीक्षा उत्तिर्ण प्रमाणपत्र वा योग्य पेसामा दुई वर्षको कार्यानुभव ।

यति कुरा पूरा गरेर वेबसाइटमा गई त्यहाँ भनिए अनुसार फारम भर्न दूतावासले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया