मेरी भतिजी

देवेन्द्र बस्याल, जापान

सुनसान रात, केबल आकाशका ताराहरुले मलाई हेरिरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलीको सुमधुर आवाज, शिशिर यामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । ज्यान पाट्टिएर म काेल्टे फेर्छु उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर आँसु झार्छे, बुबु खान्छु भन्छे, कहिले खाएर सुत्छे त कहिले भाेकै सुत्छे उसका कुनै पनि माग पुरा हुदैनन् अनि बोकेर डुलाउन भन्छे, कहिले रातको बाह्र बजेको हुन्छ त कहिले रातको बिहानीपख दुईतीन बजेको हुन्छ । यो अबोध बच्चा अँधेरी आधारातमा रोइरहँदा मैले पनि मन थाम्नै सक्दिन अनि हामी फुपुभतिजी संगसंगै रुन्छौं । मैले एकहातले आँसु पुछ्दै एकहातले भतिजी बोकेको पछ्याैरीकाे  फुर्काे पछाडी समातेर म मेरी ३ वर्षकी भतिजिलाई बोकेर बरण्डाको वरीपरी डुलिरहेकी हुन्छु । हाहै नानु हाहै, नुनु बाबु नुनु, भोली पाडीको बुबु खाउली है नानु नुनु गर । म यस्तै यस्तै शब्दले भटाउदै भतिजीलाई भुलाउने र फकाउने कोशिस गर्छु ।

बिस्तारै घडीको सुई घुम्दै जान्छ पलपलमा रात छिप्पिंदै छ । उसकाे ममीकाे बिछोडको पीडामा कम्ती रोेइन उ कम्ती छटपटिइन उ तर के गर्नु  दुई घण्टासम्म पनि उ भुल्दिन । कति संझना आउँछ उसलाई ममीको उसले कुनै शब्दमा अभिब्यक्त गर्न सक्दिन तर उसको रुवाई, कराईले बताउँछ कि उ रुँदा रुँदै थाक्छे, उस्को आवाज बदलिन्छ तर पनि उसले ममी पाउँदिन न त पाउँछे बुबु केवल पाउँछे त मेरो साथ र मेरो बुई । आज एकदिन होईन दुईदिन होईन यस्ता कयौैं रात हामी फुपुभतिजीले रोईरोई बिताई सकेका छौं । हिजै हो भाउजुले जापानबाट फेसबुक मेसेन्जरमा भिडियोकल गर्नुभएको थियो । मेरी भतिजी आत्तिदै फोनमा उसको ममीलाई देखेर, ममी आउनु म बुबु खान्टु भनी, उताबाट ममीचाहीले पाडीको बुबु खाउ म भोली पर्सी आउँछु भन्नु हुन्छ तर भतिजी भन्छे भो म हजुरकै बुबु खान्टु भन्छे । ममी भोली नआउनु आजै आउनु भन्छे , फोनको पछाडि हेर्छे, छाम्छे तर उस्लाई यो सब झुट जस्तो लाग्छ होला अनि बोल्दा बोल्दै बोल्न छोडेर खेल्न हिड्छे ।
दिनहरु त विचरा उसले जसो तसो संगीसाथीसंग विताउँछे जब रात पर्छ अनि उसलाई ममीको साथ चाहिंदो रहेछ ।  विचरा कति रुन्छे, कराउँछे, छटपटिन्छे अनि उठेर हिड्छे । उ अघि म पछिपछि हिड्छौं रुँदै रुँदै गोठसम्म पुग्छे, भित्र हेर्छे, भैंसी देखेर डराउँछे, अनि छिमेकीका घरघर जान्छे रनवन घुम्छे खोज्छे हेर्छे ममी कतै देख्दिन अनि निराश हुन्छे दिदी हाप्पा भन्छे मैले काखमा हालेर आँसु र सिंगान पुछिदिन्छु, संझाउने कोशिश गर्छु, अकाश पातलका कथा भन्छु तरपनि मेरो प्रयास फेल हुन्छ मनमा नानाथरी प्रश्नहरु छचल्किन्छन उ जान्ने बुझ्ने भएको भए त मेरो ममी कहाँ गएकी हो जोकसैलाई पनि सोध्थी होला बुझ्थी होला मन बुझाउथी होला । यति सानो उमेरका नानीबाबु घरमा छोडेर प्रदेशी हुनुपर्ने हाम्रो बाध्यता, यो त एक अपराध नै हो । मैले त भाउजुलाई भनेकै हुँ भो भाउजु अरुको देखेर हुँदैन विदेश अहिलै नजानुस छोरी केही बुझ्ने भएपछि जानु होला । उता दाजुले पनि बाराम्बार भन्नुभएकै हो जुन समयमा बच्चाले आमाबाबुको माया पाउनु पर्ने हो त्यो समयमा हामी उनीहरुलाई छाडेर हिडियो भने बच्चाहरुको मानसपटलमा नकारात्मक असर पर्छ । उनीहरुले बाबुआमा बिर्सन्छन ।बाबुआमाको बेवास्ता गर्ने, एकोहोरोपन, अटेरी, निष्ठुरी, अराजक हुन्छन भनेर । तर पनि समाजको लहैलहैमा भाउजु जापान जानु भयो ।
यहाँ खोज्दैछ छोरी
ममीलाई रन र वन
फर्कि आउनु छिट्टै
प्रदेशी जन र मन
तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित