मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – अमेरिकाका ३ जना बैज्ञानिकलाई यो बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

अमेरिकी बैज्ञानिकहरु जेफ्रे हल, माइकल रोश्बास र माइकल योङलाई संयुक्त रुपमा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको हो । उनीहरुले शरीरले समय बताउनेर बडी क्लकको रहस्य पत्ता लगाएका थिए ।

उनीहरुले शरीरले पृथ्वीको चालअनुसार आफुलाई ढाल्दै लैजाने र शरीरले आफ्नो क्रियाकलापलाई बृहत्त रुपमा परिवर्तन गर्ने रहस्योद्घाटन गरेका हुन् । सो खोजले मानिसको स्वास्थ्य र चालचलनमा ठूलो प्रभाव पार्नसक्ने ठहर गर्दै नोबेल पुरस्कार कमिटीले सो पत्ता लगाउने बैज्ञानिकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बडी क्लककै कारण मानिस रातको समयमा सुत्ने सो खोजले जनाएको छ । साथै मानिसको मनोदशा, सचेतना र हृदयघातको खतरा समेत बडी क्लकले प्रभावित पार्ने जनाइएको छ । बीबीसी

तपाईको प्रतिक्रिया