मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

स्याङ्जा – स्याङ्जाको आँधीखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।

‘साठी वर्ष भन्दामाथिका उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिई गाउँपालिकाले पाइलट प्लानकोरुपमा हाल वडा नं. ६ मा गाउँघर क्लिनिक सञ्चालन गरेको छ’ गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भन्नुभयो, ‘हाल एउटा मात्रै वडामा सञ्चालन भएको यो अभियानलाई विस्तारै अरु वडामा पनि विस्तार गर्दै लगिने सोंच बनाएका छौँ ।

गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिना वडा-६ मा रहेका करिब चार सय ज्येष्ठ नागरिकको घरघरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्नुका साथै सामान्य औषधि पनि निःशुल्क वितरण गर्ने गरेको छ ।

ज्येष्ठ नागरिकमा अलिबढी स्वास्थ्य समस्या देखिने र उहाँहरु स्वास्थ्यचौकीसम्म पुग्न पनि समस्या हुने भएकाले स्वास्थ्यकर्मीको टोलीलाई ज्येष्ठ नागरिकको घरमै लगेर स्वास्थ्य परीक्षण तथा परामर्श दिँदै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया