बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली कथानक चलचित्र ‘ह्याप्पी डेज’ को गीत सार्वजनिक भएको छ ।

राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको ‘चेप्टे चेप्टे पेरुङ्गो…’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा गायक सिवाकोटीकै शब्द तथा संगीत छ ।

भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनले नृत्य गरेका छन् । रिलिज मिति तय नभइसकेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्तालगायतका कलाकारको अभिनय छ ।

मिलन चाम्सको निर्देशन रहेको ‘ह्याप्पी डेज’ मा वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सले लगानी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया