मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – सयुक्त अरब इमिरेट्सको दुबईमा सरकारले करोडौँ डलरको लागतमा मंगल ग्रहजस्तै सहर निर्माण गर्ने घोषणा गरेको छ ।

उक्त सहरमा मंगल ग्रहकै जस्तो वातावरण हुनेछ । १ अर्ब ३५ करोड डलरको लागतमा बन्ने सहर एक लाख वर्गफिटमा फैलिनेछ । अधिकारीहरुका अनुसार ब्रम्हाण्डमा विद्यमान कुनैपनि संरचनाको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिलिपिको रुपमा यो सहर रहनेछ ।

सहर निर्माणको क्रममा शोधकर्ताहरुले अनेक अनुभव हासिल गर्नेछन् । जसमा मंगल ग्रहमा जिवनका लागि आवश्यक भोजन, पानी तथा उर्जाको अनुभव पनि सामेल छ । यो सहर परियोजना दुबईको ‘मंगल २११७ परियोजना’को हिस्सा हो । आउँदो एक सय वर्षमा मंगल ग्रहमा मानव वस्ती बसाउने योजना दुबईको छ ।

मंगल सहरमा अत्याधुनिक ल्याब, संग्राहलय, मंगल ग्रहकै जस्तो भूअवस्थितिका साथै कठोर मौसम रहनेछ । संग्राहलयमा अन्तरीक्ष विज्ञानको क्षेत्रमा प्राप्त उपलब्धीहरु देखाइनेछ । बीबीसी

तपाईको प्रतिक्रिया