बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

अहिले सूचना र समाचारको पहिलो र छिटो माध्यम बनेको छ फेसबुक । यद्यपि, यसमा आउने सबै सामग्रीहरु आधिकारिक र विश्वसनीय हुँदैनन् ।

फेसबुकमा आएका गलत समाचारहरुले बेलाबेला भ्रम फैलाउने गरेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावदेखि बिभिन्न देशका सानासाना घटनामा पनि फेसबुके फेकन्यूज राम्रो भ्रम छर्न सफल भएका छन् । नेपालमा जस्तो देशमा धेरै प्रयोगकर्ताले यस्ता न्यूज फेक हुन् वा सही हुन् भन्ने भेउ पाउन नसक्दा भ्रममा पर्ने गरेका छन् ।

फेकन्यूजले भ्रम फैलाएको भन्दै फेसबुकको पनि आलोचना हुन थालेपछि त्यसलाई रोक्न फेसबुक स्वयंले बिभिन्न कदम चाल्न सुरु गरेको छ । फेकन्यूजबाट कसरी जोजिने भन्ने बिषयमा फेसबुकले एउटा निर्देशिका नै जारी गरेर प्रयोगकर्तालाई सचेत बनाएको छ ।

यी हुन् फेकन्यूज चिन्न फेसबुकले दिएका केही टिप्सहरु-

१. हेडलाइनमा शंका गर्नुस्ः हावा समाचारहरुको हेडलाइन सनसनिपूर्ण हुन्छन् । तर, हेडलाइनमा लेखिएका कुरा अपुष्ट र प्राय असत्य हुने गर्छन् । त्यसैले हेडलाइन पढेको भरमा धारणा नबनाउनुस् ।

२. यूआरएललाई ध्यान दिएर हेर्नुस्ः नक्कली र दुरुस्त देखिने यूआरएलले हावादारी समाचारको संकेत गर्छ ।धेरै झूटो न्यूज दिने साइटहरुले यूआरएलमा अलिकति परिवर्तन गरेर आधिकारिक समाचार स्रोतहरुको नक्कल गर्छन् । स्थापित स्रोतहरुसँग यूआरएल तुलना गर्नका लागि साइटमा जान सक्नुहुन्छ ।

३. स्रोतको अनुसन्धान गर्नुस्ः भरोसा गर्नलायक स्रोतले समाचार लेखिएको कुरा निश्चित गर्नुस् ।अपरिचित स्रोतबाट समाचार आएको छ भने उक्त स्रोतको ‘एबाउट’ सेक्सनमा जानुस् र अध्ययन गर्नुस् ।

४. असमान्य ढाँचा नियाल्नुस्ः धेरै झूटा समाचार साइटहरुमा स्पेलिङ गल्ती र अमिल्दो ढाँचा पाइन्छ । यस्ता कुराहरु देख्नुभयो भने राम्ररी हेर्नुस् ।

५. तस्वीरहरु विचार गर्नुस्ः अफवाह फैलाउने समाचारहरुमा प्राय फोटोसप गरिएका तस्वीर र गलत भिडियोहरु प्रयोग गरिएका हुन्छन् । कहिलेकाहीँ तस्वीर आधिकारिक पनि हुन सक्छ तर। अर्कै सन्दर्भमा खिचिएको । यो तस्वीर कुन स्रोतबाट आएको भनेर गुगलबाट खोज्न सकिन्छ ।

६. मिति हेर्नुस्ः गलत समाचारहरुमा टाइमलाइन पनि दिइएको हुन्छ जसको कुनै अर्थ हुन्न, वा घटनाको मितिलाई बदलिएको हुन्छ ।

७. प्रमाण खोज्नेस्ः समाचार सही हुन् भनेर निश्चित गर्न लेखकको स्रोत परिक्षण गर्नुस् । प्रमाणको अभाव वा बेनामे विशेषमाथि भर परिएका समाचारहरु झूटा हुन सक्छन् ।

९. अन्य रिपोर्टहरु हेर्नुस्ः यदि अरु कुनै पनि स्रोतले उक्त समाचार दिएका छैनन् भने त्यो हावा हुन सक्छ । यदि एक भन्दा बढि स्रोतहरुले उक्त समाचार दिएका छन् भने त्यसमा विश्वास गर्नुपर्ने हुन्छ ।

१०. कतै जोक त होइन ? : कहिलेकाहीँ हास्यव्यंग्यका रुपमा प्रकाशित गरिएका सामग्रीले पनि झुक्याउन सक्छ । समाचार स्रोत हास्य व्यंग्यात्मक हो कि होइन, परिक्षण गर्नुस् ।

११. कुनै समाचार नियतवस झूटा हुन्छन्ः आफूले पढेका समाचारलाई आलोचनात्मक रुपमा सोच्नुस् । ती समाचारको विश्वसनीयतामा ढुक्क भएपछि मात्र सेयर गर्नुस् ।

तपाईको प्रतिक्रिया