बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

राजेशचन्द्र राजभण्डारी

नेपाल अहिले सबैभन्दा बढी चर्चित ब्यक्ति काेही छ भने त्यो हाे नेपाल अायल निगमका तत्कालीन कार्यकारी निर्देशक गाेपाल खड्का साँच्चै नेपालमा सबैभन्दा बढी चर्चित मान्छे मध्यमा पर्छन् । नेपालमा चर्चित मान्छे मध्येमा अख्तियार दुरुपयोग अनुसन्धान अायाेगका प्रमुख लाेकमान सिंह कार्की सधैभरी नेपालकाे मिडियामा छाइरहे २०६२/६३ काे राजनीति परिवर्तनपछि देशमा राजनीति सुधार हुन्छ भन्ने धेरैले अाशा गरेका थिए, त्यो पनि भएन नेपाली जनता के कुरामा विश्वास्त थिए भने मुलुकमा १० बर्षसम्म जनयुद्ध गरेको राजनीतिक पार्टी नेकपा माअाेबादी शान्ति प्रक्रियामा अाएपछि देशमा ठूलो राजनीति परिवर्तन भएको महसुश सारा नेपालीले मात्रै हैन विश्वमै नयाँ खालकाे तरङ्ग अाएकाे थियो । देशबाट २४० वर्ष पुरानो सामन्ति राजतन्त्रलाई संसदबाटै सहजरूपमा बिदाई गरेर नेपाली जनताको छाेरा राष्ट्रपति बनाउने काम नभएको हैन राजा ज्ञानेन्द्र शाहले पनि अाफ्नाे सबै शक्ति सहजै परित्याग गरेर गएपछि देशले राजनीतिका साथै अार्थिक रूपमा फड्को मार्ने नेपाली जनताले अाशा गरेका थिए तर त्यो कुरा भने पुरै निराशामा परिणत हुन पुग्यो ।

देश १०४ वर्षिय राणा शासनको कारणले बिग्रिएकाे  फेरि ३० वर्षिय पंचायती व्यवस्थाले  पछि बहुदलीय ब्यबस्था भित्र भएको विकृति विसंगतिले भ्रष्टाचार संस्थागत भएको भन्ने जुन प्रचारप्रसार थियो त्यो अबश्य पनि राेकिने जनबिश्वास थियो तर १० वर्षकाे दाैरानमा त्यो कम हैन झन संस्थागत हुदै गएको उदाहरण पेट्रोलियम भण्डारणकाे लागि अायल निगमकाे जग्गा खरीद प्रकरण सबैभन्दा बढी चर्चा र चासोको बिषय बन्यो । नेपालकाे ठूलो मिडियाकाे कारणले पनि जग्गा खरीद प्रकरणमा खड्काबाट अनियमितता भएको कुरा देउवा सरकारलाई लागेपछि अहिले खड्का बर्खास्त भएका छन् । संसदीय समितिहरूले गरेको एउटा राजनीति दलको भागबन्डामा अायल निगममा कार्यकारी निर्देशक बनेका गाेपाल बहादुर खड्काले जुन काम गरे त्यो उनले गर्ने स्वभाबिक काम हाे भन्ने कुरा राजनीति सामान्य बुझ्ने मान्छेले पनि जान्ने बुझ्ने कुरा हाे । भागबन्डामा हुने मन्त्री नियुक्तिदेखि विभिन्न संघसंस्थामा गरिने राजनीति नियुक्ति पाउन सम्बन्धित मन्त्रीदेखि राजनीतिदलका नेतालाई लाखौं करोडौं रूपैयाँ नजराना बुझाएर पुग्नुपर्ने भएपछि कसरी त्यो संस्थामा पुग्ने मान्छेले देश र जनताको पक्षमा काम गर्छ त्यो कुरा स्पष्ट छ । कमाउने धन्दाकाे लागि लगानी गरेका महासयहरूले अाफुले लगानी गरे अनुसार नाफा कमाउन जस्तो सुकै हदकन्डा अपनाउछन् भन्ने कुरा अहिले अख्तियारले पटकपटक गरेको कार्बाहीबाट पनि स्पष्ट छ ।
अायल निगमका कार्यकारी निर्देशक गाेपाल खड्कालाई अहिले दाेषी देखाउन खाेजिएकाे छ त्यो सरकारले अख्तियार गर्नुपर्ने काम हाे तर त्यति ठूलो भ्रष्टाचार अनियमितता गर्ने हिम्मत गाेपाल बहादुर खड्काले एक्लै त अबश्य पनि गरेेनन् साँच्चै अायल निगमलाई अहिले पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँ अपुग भएको कारणले पनि त्यसको लागि जग्गा चाहिएको भने अबश्य पनि हाे । गत बर्ष छिमेकी मुलुक भारतले नाकाबन्दी गरेको समयमा त्यो कुरा सारा नेपालीले महसुस नगरेको हैन, साँच्चै बिपत्तिकाे समयमा कमसेकम ६ महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हामीले गर्नुपर्ने रहेछ हामीसंग भण्डारण क्षमता ३० बर्ष अगाडिको नै छ तर यातायातकाे चाप भने थेगिनसक्नु छ । हाे हिजो टाट पल्टिएको अायल निगमलाई अाज ऋण मुक्त गरी अहिले नाफामा लगेर सकारात्मक काम गरेकोलाई पनि हेर्न जरुरी छ तर माैकामा चाैका हान्ने प्रबृत्ति कै कारण अहिले अायल निगमकाे जग्गा खरीदमा कराेडाै अनियमितता र चलखेल भएको भने स्पष्ट छ ।अहिले निगमले खरीद गरेको भैरहवा झापा चितवन र सर्लाहीमा चलन चल्तीकाे मूल्य भन्दा तीन गुणा बढीमा खरीद गरेर निगमलाई अार्थिक रूपमा भार पार्नुका साथै कराेडाैं रूपैयाँ अनियमितता गरेको कुरा अहिले हैन जग्गा खरीद गरेको समयमा नै थाहा थियो तरपनि मालपोत कार्यालय नगरपालिका प्रशासन सबै जानकार हुँदाहुँदै भण्डारण गर्ने जग्गा खरीद गरियो । यो अपचलनकाे बिषयमा मिडियामा सामाजिक संजालमा जे जति कुरा बाहिर अाएपनि न त यसबारे सरकार गम्भीर भयो न त सराेकारवाला निकाय नै । न त अख्तियार दुरुपयोग अनुसन्धान अायाेग नै ‘दाइ त काले भाइ पनि काले, काले काले मिलेर खाउ भाले’ भन्ने सिद्धान्त अनुसार नै अायल निगम पनि अगाडि बढ्यो भने सरकार मुकदर्शक बन्ने भन्दा अरू केही भएको देखिएन । बहुदलीय कालमा देशमा भएका पुरानो उद्योग धन्दा कलकारखाना सबै निजीकरणकाे नाममा काैडीकाे भाउमा बेच्ने काम नभएकाे हैन । अहिले फेरि भागबन्डाकाे राजनीति भागबन्डा कै संस्कृति माैलाएकाे कारणले पनि अायल निगममा गाेपाल बहादुर खड्का जस्तो मान्छे जन्मनुलाई अन्यथा मान्न सकिंदैन ।अहिले सरकारले अायल निगमका कार्यकारी निर्देशक गाेपाल बहादुर खड्कालाई बर्खास्त गरेको छ । साँच्चिकै अहिले जुन काम भएको छ त्यो कामले अहिले भएको सबै घाेटाला बाहिर अाए जस्तो कार्बाही हुन्छ कि हुन्न त्यो भने हेर्न बाकी नै छ ।
अहिले देशको ठूलो मिडियाले जसरी मिसनकाे रूपमा अायल निगमका प्रमुख गाेपाल बहादुर खड्काले गरेको अनियमिततालाई जबर्जस्त रूपमा सरकारलाई कार्बाही गर्न बाध्य बनायो यसलाई सफलता मान्नुपर्छ ।तर हिजाे जसरी मिसन प्रयोग गरियो अाज पनि गाेपाल खड्का लगायतका भ्रष्टाचारी देश डुबाउने शक्ति केन्द्रका मतियारलाई कार्बाही गरेर कमिशन खाएको प‌ैसालाइ फिर्ता गराउने काम गर्नुपर्छ ।
हिजो अायल निगममा सिफारिस गर्ने राजनीति नेतृत्वलाई समेत सामाजिक कार्बाही गर्न जरुरी छ । केवल कार्बाहीकाे नाममा गाेपाल खड्कालाई मात्रै कार्बाही गरेर प्रमुख महासयहरूलाई उन्मुक्ति दिने काम भने राेक्न जरुरी छ ।अहिले गाेपाल बहादुरलाई कार्बाही भए पनि भाेलि अर्को गाेपाल बहादुरहरू जन्मिरहने छन् त्यसकारण माेटाे रकम लिएर राजनीति नियुक्ति दिने प्रचलनकाे अन्त्य गर्न जरुरी देखिन्छ । अहिले पंचायतमा भन्दा पनि खुलेअाम कमिशन भ्रष्टाचार संस्थागत भएको छ, यसलाई अहिले देखि नै राेक्न सबै सराेकारवाला एकजुट हुन जरुरी छ । नेपालकाे कानून नीति नियम पनि समय अनुसार परिवर्तन गर्न जरुरी छ । देश डुबाउने भ्रष्टाचार गर्ने जुनसुकै भए पनि त्यस्ता ब्यक्तिलाई सर्बस्वहरण सहित फाँसी दिने ब्यबस्था हुन जरुरी छ । नेपालकाे कानून दैबले जानुन भने झैं अरबाै रूप‌ैया अपचलन गर्न भूमिका खेल्ने चुडामणि शर्मालाई अदालतले सामान्य तारिखमा छाेड्ने, सामान्य जनतासंग लाखाै धराैटी माग्ने कामकाे समेत लेखाजोखा हुन जरुरी छ ।अहिले हाम्रो राजनीति ब्यबस्था चुनाव लड्नलाई गर्नुपर्ने कराेडाैं खर्च सबै अहिले अनियमितताकाे जड हाे यसलाई सच्याउँन नसक्दासम्म याे प्रबृत्ति देखा परिरहने छ ।***

तपाईको प्रतिक्रिया