बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – जर्मनहरु एंगेला मर्केलका लागि महत्त्वपूर्ण परीक्षणका रुपमा हेरिएको आइतवार हुन लागेको देशको संघीय चुनावमा सहभागी हुँदैछन् ।

मर्केल चान्सलरको चौथो कार्यकालका लागि उम्मेदवार भएकी छन् । उनको पार्टी क्रिश्चियन डेमोक्रेट पार्टी सीडीयु जर्मनीको संसद्‍मा सबभन्दा ठूलो दलका रुपमा रहला कि नरहला भनेर परीक्षा हुन लागेको छ ।

सीडीयुको प्रमुख प्रतिस्पर्धी उसैको सत्ता सहयात्री पार्टी एसपीडी रहेको छ । मतदान केन्द्रहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछन् । मत दिएर फर्केकाहरुसँग गरिएको पहिलो मत सर्वेक्षण मतदान बन्द हुने बित्तिकै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो चुनावलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ किनभने दोश्रो विश्वयुद्ध यता जर्मन संसद ‘बुण्डेसटाग’ मा ६ पार्टी पुग्नसक्ने ठानिएको छ । त्यसो भयो भने वर्तमान सत्तारुढ गठबन्धनको स्वरुप परिवर्तित हुनेछ । -बीबीसी

तपाईको प्रतिक्रिया