मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

धनुषा -धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विजयी भएको छ ।

मेयरमा राजपाका लालकिशोर साहले २१ हजार २ सय ७७ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका मनोज साहले १० हजार ६ सय ३९ मत ल्याउनुभयो ।

यस्तै उपमेयरमा राजपाकै रीता झा १६ हजार ६ सय १७ मतसहित विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी कांग्रेसकी निलम कुमारी कर्णले १० हजार एक सय ९ मत ल्याउनुभयो ।

उपमहानगरमा २५ वटा वडा रहेकोमा १२ वटामा राजपा, ७ मा कांग्रेस, दुई वटा वडामा एमाले तीनवटा वडामा संघीय समाजवादी फोरम नेपाल, एक वडामा स्वतन्त्र विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया