मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व शान्तिका लागि सबै भन्दा ठूलो खतरा रहेको उत्तर कोरियाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाका विदेशमन्त्री रि योङ–होले ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण विश्व शान्तिमा ठूलो खतरा उत्पन्न भएको बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाका नेता किम जोङ–उनलाई ‘रकेट म्यान’ को रुपमा संज्ञा दिनुभएको थियो । यसको जवाफमा उत्तर कोरियाका विदेशमन्त्री रिले नेता किमलाई ‘रकेट म्यान’ भनेर ट्रम्पले सुधार गर्नै नसक्ने गल्ती गरेको र यसले विश्वको शान्ति सुव्यवस्थातामा खतराको स्तर बढाएको बताउनुभयो ।

ट्रम्पको भनाईले अमेरिका आफूहरुको मिसाइल आक्रमणको अपरिहार्य निशाना बन्ने देखिएको उहाँले बताउनुभयो । ट्रम्पले उत्तर कोरियामाथि विभिन्न समयमा विभिन्न खालका कटु वचन बोल्ने गरेको र यसले आफूहरुको सुरक्षाका लागि अमेरिकालाई परमाणु आक्रमणको निशाना बनाउनुको विकल्प नरहेको उत्तर कोरियाली विदेश मन्त्री रिको दाबी छ ।

तपाईको प्रतिक्रिया